संघ र प्रदेशको चुनाव मंसिर ४ गते एकै चरणमा गर्ने सरकारको निर्णय

0
Shares

सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ।

आज दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको  मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

सत्ता गठबन्धनको बुधवारको बैठकले मंसिर ४ गते चुनावको मिति तोक्ने समझदारी गरेको थियो।

प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ।

निर्वाचनको मिति घोषणासँगै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार स्वतः कामचलाउमा परिणत भएको छ।

सरकारले यसअघि गत वैशाख ३० मा स्थानीय तह निर्वाचन एकै चरणमा सम्पन्न गरेको थियो।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ साउन २०७९, बिहीबार  १४ : ०५ बजे