वाणिज्य बैंकहरुको खुद नाफा साढे २२% बढ्यो, पाँच बैंकको सार्वजनिक हुन बाँकी

0
Shares

शुक्रबारसम्म सञ्चालनमा रहेका २६ वाणिज्य बैंकमध्ये साउन २० गते शुक्रबारसम्म २१ बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

अब पाँच वाणिज्य बैंकको मात्र वित्तीय विवरण सार्वजनिक हुन बाँकी रहेको छ । वित्तीय विवरण सार्वजनिक गर्न बाँकी बैंकहरुमा नेपाल बैंक लिमिटेड, बैंक अफ काठमाण्डू लिमिटेड, मेगा बैंक नेपाल लिमिटेड, सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिभिल बैंक रहेका छन् । बाँकी २१ बैंकको वित्तीय विवरण सार्वजनिक भैसकेको छ । नेपाल राष्ट्र बैंकले गरेको पछिल्लो व्यवस्था अनुसार आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था छ । जसअनुसार बाँकी ५ वाणिज्य बैंकले भोलिसम्म चौथो त्रैमासको वित्तीय विवरण प्रकासित गरिसक्नुपर्नेछ । 

प्रकाशित वित्तीय विवरण अनुसार आव २०७८/७९ मा २१ बैंकले साढे २२ प्रतिशतले खुद नाफा वृद्धि गरेका छन् । २०७९ असार मसान्तसम्ममा २१ बैंकले ६३ अर्ब ८२ करोड ५३ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आव २०७७/७८ मा ५२ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।

समीक्षा अवधिमा बैंकहरुको नाफा २२.४० प्रतिशतले वृद्धि भएको हो । यस अवधिमा कृषि विकास बैंक, हिमालयन बैंक र सानिमा बैंक बाहेक १८ बैंकको नाफा बढेको हो ।

ग्लोबल आईएमई बैंकले सर्वाधिक ५ अर्ब २१ करोड रुपैयाँ खुद नाफा गरेको छ भने लक्ष्मी बैंकले सबैभन्दा कम १ अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेको छ ।

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २० साउन २०७९, शुक्रबार  १३ : १६ बजे