खुद नाफामा ३१ लघुवित्तमा कुनको स्थान कहाँ ?

0
Shares

साउन २० गते शुक्रबारसम्म सूचीकृत ३१ लघुवित्त कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

जसमध्ये छिमेक लघुवित्तले सबैभन्दा धेरै १ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दै वार्षिक प्रतिसेयर आम्दानी ४४.४१ रुपैयाँ कायम गरेको छ ।

यस अवधिमा जीवन विकास लघुवित्तले ७८ करोड १९ लाख ३७ हजार रुपैयाँ खुद नाफा कटाउँदा एनआईसी एशिया लघुवित्तले ५८ करोड ५६ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यस्तै आरएमडिसीको खुद नाफा ३५ करोड ४९ लाख, फस्ट माइक्रोफाइनान्स २६ करोड ८८ लाख, ग्लोबल आइएमई लघुवित्त २५ करोड ५ लाख, नेरुडे लघुवित्त २३ करोड ३० लाख, नेष्डो समृद्ध लघुवित्त २२ करोड १९ लाख र मिर्मिरे लघुवित्तले २० करोड ८१ लाख खुद नाफा कमाएको छ ।

थप २२ लघुवित्तमध्ये दश लघुवित्तले दश करोडदेखि २० करोडको बीचमा र बाह्र लघुवित्तको खुद नाफा दश करोडभन्दा कम छ । सबैभन्दा कम नाफा गुराँस लघुवित्तले गरेको छ । गुराँस लघुवित्तले १ करोड २७ लाख ४७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको हो ।

S.N.  Symbol  Net Profit ‘000 EPS (RS)
1 CBBL  1,032,283.71 44.41
2 JBLB  781,937.27 75.60
3 NICLBSL  585,634.00 33.66
4 RMDC  354,908.83 28.59
5 FMDBL  268,883.84 27.87
6 GILB  250,522.00 45.33
7 NLBBL  233,001.88 38.83
8 NESDO  221,950.67 87.03
9 MMFDB  208,190.99 39.87
10 ILBS  150,214.00 36.23
11 MLBSL  150,099.32 101.76
12 SMFDB  145,312.83 29.41
13 SWMF  139,637.40 17.63
14 RSDC  135,202.07 16.79
15 KMCDB  128,496.00 41.06
16 ALBSL  123,579.43 37.00
17 SDLBSL  116,125.56 36.15
18 NADEP  114,096.29 23.48
19 MSLB  108,582.21 38.48
20 JALPA  98,657.54 61.66
21 CYCL  80,329.68 66.03
22 SMATA  79,726.66 23.26
23 CLBSL  73,632.00 25.55
24 ACLBSL  70,342.45 19.15
25 RULB  66,502.25 25.57
26 SMFBS  52,710.70 43.28
27 AKBSL  45,579.50 45.57
28 ULBSL  44,685.00 68.09
29 SMB  21,013.44 24.49
30 GMFBS  18,616.17 12.28
31 GLBSL  12,747.75 13.07

महिला लघुवित्तको प्रतिसेयर आम्दानी एक सय रुपैयाँमाथि

वित्तीय विवरण सार्वजनिक भएकामध्ये महिला लघुवित्तको प्रतिसेयर आम्दानी एक सय रुपैयाँमाथि रहेको छ । १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको पुँजी कम हुँदा इपिएस उच्च देखिएको हो ।

नेष्डो समृद्ध लघुवित्तको ८७.०३ रुपैयाँ, जीवन विकास लघुवित्त ७५.६०, उपकार लघुवित्तको ६८.०९, सिवाईसी नेपाल लघुवित्त ६६.०३ र जाल्पा लघुवित्तको इपिएस ६१.६६ रुपैयाँ रहेको छ । थप २० लघुवित्तको इपिइस २० देखि ४६ रुपैयाँ बीचमा रहँदा पाँच कम्पनीको दशदेखि २० रुपैयाँ बीचमा रहेको छ ।

सबैभन्दा कम इपिएस गणपति माइक्रोफाइनान्सको १२.२८ रुपैयाँ मात्र रहेको छ । लघुवित्तले गत आवमा १ करोड ८६ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

S.N.  Symbol  Net Profit ‘000 EPS (RS)
1 MLBSL  150,099.32 101.76
2 NESDO  221,950.67 87.03
3 JBLB  781,937.27 75.60
4 ULBSL  44,685.00 68.09
5 CYCL  80,329.68 66.03
6 JALPA  98,657.54 61.66
7 AKBSL  45,579.50 45.57
8 GILB  250,522.00 45.33
9 CBBL  1,032,283.71 44.41
10 SMFBS  52,710.70 43.28
11 KMCDB  128,496.00 41.06
12 MMFDB  208,190.99 39.87
13 NLBBL  233,001.88 38.83
14 MSLB  108,582.21 38.48
15 ALBSL  123,579.43 37.00
16 ILBS  150,214.00 36.23
17 SDLBSL  116,125.56 36.15
18 NICLBSL  585,634.00 33.66
19 SMFDB  145,312.83 29.41
20 RMDC  354,908.83 28.59
21 FMDBL  268,883.84 27.87
22 RULB  66,502.25 25.57
23 CLBSL  73,632.00 25.55
24 SMB  21,013.44 24.49
25 NADEP  114,096.29 23.48
26 SMATA  79,726.66 23.26
27 ACLBSL  70,342.45 19.15
28 SWMF  139,637.40 17.63
29 RSDC  135,202.07 16.79
30 GLBSL  12,747.75 13.07
31 GMFBS  18,616.17 12.28

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २० श्रावण २०७९, शुक्रबार  १७ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।