यस रेमिटको इजाजतपत्र रद्द हुँदै

0
Shares

नेपाल राष्ट्र बैंकले यस रेमिट प्रालिको विप्रेषण सम्बन्धी कारोबार गर्न प्राप्त इजाजतपत्र रद्द गर्ने भएको छ ।

कम्पनीले विप्रेषण सम्बन्धी कारोबार गर्न प्राप्त इजाजतपत्र रद्द गरिपाउँ भनी पेस गरेको निवेदन उपर आवश्यक कारवाही गर्दै राष्ट्र बैंकले इजाजतपत्र रद्द गर्न लागेको हो ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै उक्त कम्पनीको विदेशी मुद्रा कारोबार बन्द गर्ने सिलसिलामा सो कम्पनीले गरेको विदेशी मुद्रा कारोबारबाट कुनै व्यक्ति वा संघ र संस्थासँग लेनदेन रकम बाँकी रहेको भए ३५ दिनभित्र जानकारी गराउन समेत आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७ को विनियम १७ को उपविनियम (२) बमोजिम इजाजतपत्र रद्द सम्बन्धीको सूचना प्रकाशित गरेको हो।

तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा यस रेमिट काठमाडौंको विप्रेषण सम्बन्धी कारोबार गर्ने इजाजतपत्र रद्द भई बैंक ग्यारेण्टी समेत फुकुवा भई जाने ब्यहोरा समेत राष्ट्र बैंकले जानकारी गराएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ साउन २०७९, आइतबार  १६ : १८ बजे