युनिलिभर नेपाल लिमिटेड (UNL) ले गत आर्थिक वर्षमा एक अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्ले आर्थिक वर्षको भन्दा ६३ करोड बढी अर्थात ७४ प्रतिशत बढी नाफा कमाएको हो ।
अघिल्लो आर्थिक वर्षमा कम्पनीले ८६ करोड ९ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीले गत आवको चौथो त्रैमासिक अवधिमा मात्रै साढे ७१ करोड रुपैयाँ नाफा गरेको छ ।
सेयर बजारकै महङ्गको कम्पनी युनिलिभरको व्यापार र नाफामा आकर्षक बढोत्तरी आएको छ । कम्पनीको व्यापार २८ प्रतिशतले बढेको छ भने अघिल्लो वर्षको भन्दा ७४ प्रतिशत बढी नाफा आर्जन गरेको छ
कम्पनीले गत आवमा आफ्ना उत्पादनहरु बिक्री गरेर ७ अर्ब ३३ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा २८ प्रतिशतको वृद्धि हो। अघिल्ले आर्थिक वर्षमा ५ अर्ब ७३ करोड रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीले अन्यस्रोतबाट पनि १२ करोड २९ लाख आम्दानी गरेको छ । गत आवमा कम्पनीले कुल ७ अर्ब ४५ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ।
कम्पनीको व्यापार बढेसँगै कच्चापदार्थ लगायतको खपत पनि बढेको छ । गत आवमा कम्पनीले कच्चापदर्थामा ३ अर्ब ९७ करोड रुपैयाँ खचृ गरेको छ । अघिल्लो वर्ष यस्तै खर्च २ अर्ब ६९ करोड थियो । त्यस्तै कर्मचारी खर्च पनि ३८ करोड १३ लाखबाट बढेर ५१ करोड ८२ लाख पुगेको छ। कम्पनीले गत आवमा कुल ५ अर्ब ६१ करोड ९५ लाख रुपैयाँ खर्च गरेको छ ।
कम्पनीको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ छ भने ३ अर्ब ५३ करोड रुपैयाँ अवितरित मुनाफा छ । कम्पनीको प्रति सेयर नेटवर्थ पनि ३९४२ रुपैयाँ पुगेको छ।
कम्पनीले लक्स, लाइफब्वाय, रिन, व्हिल,पोन्ड्स, भ्यासलिन, सनसिल्क, ल्याक्मे, क्लिनिक प्लस, पेप्सोडेण्ट, क्लोज अप लगायत अन्य ब्राण्डको उत्पादन तथा बिक्री गर्दै आएको छ। युनिलिभरको सेयर अहिले प्रतिकित्ता १८ हजार रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया