नर्भिकले सरकारी जग्गा मिचेर बनाएका संरचना भत्काउन बालेनको निर्देशन

0
Shares

काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालले सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरेका भौत्तिक संरचना भत्काउन काठमाडौं महानगर पालिकाले निर्देशन दिएको छ ।

महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले थापाथलीस्थित नर्भिक अस्पतालले अतिक्रमण गरेको सरकारी जग्गामा निर्माण गरेको संरचना भत्काउन निर्देशन दिएका छन् ।

नर्भिक अस्पतालले एक रोपनी आठ आना जग्गमा सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको महानगरको भनाई छ । अतिक्रमण गरर बनाइएका संरचना २४ घण्टाभित्र हटाउन मेयर शाहले निर्देशन दिएका हुन् ।

सरकारी जग्गा प्राप्त गर्न मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने नियम भए पनि उक्त अस्पतालले दुई दशकदेखि उक्त जग्गामा गैरकानुनीरुपमा संरचना बनाएर उपयोग गर्दै आएको थियो । अस्पताल व्यवसायी वसन्त चौधरीको हो ।

महानगरपालिकाले २४ घण्टाभित्र घर टहरा नहटाए नियमअनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

नर्भिक अस्पताल नेपालकै महँगो अस्पताहरुमध्येमा पर्छ ।

सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ?

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ साउन २०७९, सोमबार  १५ : ४४ बजे