आइएमई जनरलको सीईओमा पुनः श्रेष्ठ नियुक्त

0
Shares


आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कर्याकारी अधिकृतमा पुनः युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् ।

आइएमई जनरलको सञ्चालक समितिको मिति २०७९ असार ७ गते सम्पन्न १२० औं बैठकको निर्णय भए बमोजिम प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ २०७९ साउन २३ गते सोमबारदेखि लागू हुने गरी दोश्रो कार्यकालको लागि पुनः नियुक्त भएका हुन् ।

बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर लागि परेका श्रेष्ठ २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । उनको नेतृत्वमा करिब ७ वबर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगती हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको सीईओ श्रेष्ठ दोश्रो कार्यकालको लागि पुनः नियुक्त हुन भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

कार्यकारी अधिकृतको सपथ लिँदै श्रेष्ठले आफ्नो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ श्रावण २०७९, सोमबार  १६ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।