सयपत्री हाइड्रोको आईपीओ नतिजा चार स्थानबाट हेर्न सकिने

0
Shares

सयपत्री हाइड्रोको आईपीओ नतिजा चार स्थानबाट हेर्न सकिने बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जानकारी दिएको छ ।

मंगलबार बिहान भएको सेयर बाँडफाँडमा ६७ हजार ५८ जनाले मात्र सेयर पाएका छन् । आईपीओमा आवेदन गरेकामध्ये ९५ प्रतिशत अर्थात १३ लाख ४६ हजार ५१४ जना आवेदकको हात खाली भएको छ ।

कम्पनीको सेयरमा मागभन्दा उच्च आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो ।

सयपत्री हाइड्रोको आईपीओमा १२ हजार ८३० कित्ताको आवेदन रद्द

सयपत्री हाइड्रोको आईपीओ बाँडफाँड, ९५ प्रतिशतले पाएनन् सेयर

निर्देशिका बमोजिम ६७ हजार ५८ जनालाई गोलाप्रथाबाट १० कित्ताका दरले ६ लाख ७० हजार ५८० कित्ता सेयर बाँडफाँड गरिएको हो । सर्वसाधारणबाट आवेदन मागिएको सेयर संख्यामध्ये यसरी बाँडफाँड गरी बाँकी रहेको ६ कित्ता सेयर गोलाप्रथाबाट १० कित्ता सेयर पाएकामध्येबाट ६ जनालाई पुनः थप १।१ कित्ता गरी ६ जनालाई कुल ११ कित्ता बाँडफाँड गरिएको हो ।

बिक्री प्रबन्धकका अनुसार आईपीओ नतिजा भने केही बेरमा हेर्न सकिने छ । कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ ।

१. सिडीएससीले आईपीओ नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएको वेवसाइट

२. सिडिएसको मेरो सेयरको वेवसाइटमा रहेको एप्लिकेशन रिर्पोट

३. धितोपत्र निष्काशनकर्ता कम्पनी सयपत्री हाइड्रोपावरको वेवसाइट

४. बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेवसाइट

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २४ साउन २०७९, मंगलबार  १० : ५८ बजे