फाइनान्स कम्पनीहरुको वितरणयोग्य नाफा १ अर्ब ७ करोडले घट्यो, कसले कति बाँड्न सक्छ ?

0
Shares

फाइनान्स कम्पनीहरुको खुद नाफा गत आर्थिक वर्ष २०७८/७९ मा ६७.४९ प्रतिशतले घटेको छ ।

खुद नाफा ३२.१६ प्रतिशत घटेको फाइनान्स कम्पनीहरुको वितरणयोग्य मुनाफा खुद नाफाभन्दा दोब्बर बढीले घटेको हो ।

गत आवमा पन्ध्र फाइनान्स कम्पनीको वितरणयोग्य नाफा ५१ करोड ९८ लाख ३ हजार रहेको छ । अघिल्लो आवमा फाइनान्स कम्पनीको वितरणयोग्य नाफा १ अर्ब ५९ करोड ८८ लाख १७ हजार रुपैयाँ रहेको थियो । एक वर्ष अवधिमा फाइनान्सको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड ९० लाख रुपैयाँले घटेको हो ।

फाइनान्स कम्पनीहरुको खुद नाफा पनि अघिल्लो आवमा १ अर्ब ९७ करोड १७ लाख ३३ हजार रुपैयाँबाट ३२.१६ प्रतिशत घटेर १ अर्ब ३३ करोड ७५ लाख ९५ हजारमा संकुचित भएको थियो ।

फाइनान्स कम्पनीहरुको खुद नाफा ३२ प्रतिशत घट्यो, कसले कति कमायो ?

कसको वितरणयोग्य नाफा कति ?

गत आर्थिक वर्ष २०७८।७९ मा आईसिएफसि फाइनान्सको वितरणयोग्य नाफा सबैभन्दा धेरै ११ करोड ८४ लाख ८४ हजार रुपैयाँ रहेको छ । यस्तै गुहेश्वरी मर्चेन्ट र मञ्जुश्री फाइनान्सको वितरणयोग्य नाफा ९ करोडभन्दा बढी छ ।

यस अवधिमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको वितरणयोग्य नाफा ७ करोड ५१ लाख रुपैयाँ र गुडविल फाइनान्सको ७ करोड ९ लाख, सेन्ट्रल फाइनान्सको ५ करोड ५८ लाख, पोखरा फाइनान्स ५ करोड ५८ लाख, नेपाल फाइनान्स ५ करोड ३४ लाख रुपैयाँ रहेको छ । यस्तै जानकी फाइनान्स ४ करोड ३० लाख, रिलायन्स फाइनान्सको २ करोड ४५ लाख, गोर्खाज फाइनान्स १ करोड ८७ लाख, प्रोगेशि फाइनान्स १ करोड ५५ लाख र मल्टिपपर्स फाइनान्सको वितरणयोग्य नाफा ४० लाख ८७ हजार रुपैयाँ रहेको छ ।

  SYMBOL Distributable Profit in Thousand
S.N. Finance Company 2079 Shrawan 2078  Shrawan Change %
1 ICFC 118484.37 128452.12 -7.76
2 GMFIL 90662.00 113615.00 -20.20
3 MFIL 90517.00 485627.00 -81.36
4 SIFC 75138.98 93827.47 -19.92
5 GFCL 70965.91 137232.96 -48.29
6 CFCL 55897.98 100761.89 -44.52
7 PFL 55829.93 93271.96 -40.14
8 NFS 53399.00 26228.00 103.60
9 JFL 43089.07 63512.62 -32.16
10 RLFL 24568.00 155217.00 -84.17
11 GUFL 18760.37 103616.31 -81.89
12 PROFL 15543.21 43205.27 -64.02
13 MPFL 4087.75 15535.08 -73.69
14 SFCL -565.00 2895.00 -119.52
15 BFC -196575.66 35820.06 -648.79
  Total 519802.91 1598817.74 -67.49

 

समृद्धि फाइनान्स र बेष्ट फाइनान्सको वितरणयोग्य नाफा ऋणात्मक छ । गत आवमा समृद्धि फाइनान्स वितरणयोग्य नाफा ५ लाख ६५ हजार र बेष्ट फाइनान्सको खुद नाफा १९ करोड ६५ लाख ७५ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

गत आवमा नेपाल फाइनान्सको वितरणयोग्य नाफा समीक्षा अवधिमा १०३ प्रतिशतले बढेको भएपनि बाँकी १४ फाइनान्सको वितरणयोग्य नाफा घटेको हो । बेष्ट फाइनान्सको वितरणयोग्य नाफा सर्वाधिक ६४८ प्रतिशतले घटेको छ भने समृद्धि फाइनान्सको ११९ प्रतिशत घटेको छ ।

यसैगरी रिलायन्स फाइनान्स ८४, गार्खाज फाइनान्स ८२, मञ्जुश्री फाइनान्स ८१, मल्टिपपर्स ७३, प्रोगेशिभ फाइनान्सको वितरणयोग्य नाफा ६४ प्रतिशत घटेको छ । गुडविल फाइनान्स ४८ प्रतिशत, सेन्ट्रल फाइनान्स ४४ प्रतिशत, पोखरा फाइनान्स ४० प्रतिशत, जानकी फाइनान्स ३२, गुहेश्वरी मर्चेन्ट २० प्रतिशत, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स २० प्रतिशत र आईसिएफसि फाइनान्सको वितरणयोग्य नाफा ७ प्रतिशतभन्दा बढीले घटेको हो ।

फाइनान्स कम्पनीहरुको चुक्ता पुँजी १५.४२ प्रतिशत बढ्यो

गत आवमा फाइनान्स कम्पनीको चुक्ता पुँजी औषतमा १५.४२ प्रतिशतले बढेर १३ अर्ब ६० करोड ८५ लाख २९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ११ अर्ब ७९ करोड १ लाख ३४ हजार रुपैयाँ थियो ।

गत आवमा मञ्जुश्री फाइनान्सको चुक्ता पुँजी सर्वाधिक १ अर्ब ३५ करोड रहँदा आईसिएफसि फाइनान्सको १ अर्ब १२ करोड, रिलायन्स फाइनान्स १ अर्ब ५ करोड र पोखरा फाइनान्सको १ अर्ब ४ करोड रुपैयाँ रहेको छ । थप १० कम्पनीको चुक्ता पुँजी ६९ करोडदेखि ९६ करोडको बीचमा रहेको छ । सबैभन्दा कम चुक्ता पुँजी मल्टिपपर्स फाइनान्सको ४५ करोड २० लाख रुपैयाँ रहेको छ ।

गत आवमा समृद्धि फाइनान्सको चुक्ता पुँजी सर्वाधिक ९१.१६ प्रतिशतले बढेको छ । नेपाल फाइनान्स ४७ प्रतिशत, मञ्जुश्री फाइनान्सको ४० प्रतिशत तथा जानकी फाइनान्स र रिलायन्स फाइनान्सको चुक्ता पुँजी १५ प्रतिशतले बढेको छ । मल्टिपपर्स फाइनान्सको १३४ प्रतिशत, आइसिएफसि फाइनान्सको पुँजी १० प्रतिशतले बढेको छ ।

यस्तै गुडविल फाइनान्सको ९.१० प्रतिशत, पोखरा फाइनान्स ८ प्रतिशत, सेन्ट्रल फाइनान्स ७.७० प्रतिशत, प्रोगेशि फाइनान्सको ६ प्रतिशतले पजी वृद्धि भएको छ । गोर्खाज र बेष्ट फाइनान्सको पुँजी स्थीर रहेको छ कुनैपनि परिवर्तन भएको छैन ।

S.N. SYMBOL Paid-Up in Thousand
Finance Company 2079 Shrawan 2078  Shrawan Change %
1 SFCL 818911.50 428385.00 91.16
2 NFS 725472.00 493496.00 47.01
3 MFIL 1351553.00 965395.00 40.00
4 JFL 690472.80 600411.10 15.00
5 RLFL 1053006.00 915658.00 15.00
6 MPFL 452000.00 400000.00 13.00
7 ICFC 1127115.20 1024265.80 10.04
8 GMFIL 950400.00 864000.00 10.00
9 GFCL 946115.20 867200.00 9.10
10 PFL 1040919.81 963145.79 8.08
11 CFCL 948875.46 881035.71 7.70
12 SIFC 958675.00 890134.88 7.70
13 PROFL 848106.00 800100.00 6.00
14 GUFL 867993.80 867993.80 0.00
15 BFC 828913.79 828913.79 0.00
  Total 13608529.56 11790134.87 15.42

 

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ श्रावण २०७९, शुक्रबार  १८ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।