निर्जीवन बीमा कम्पनीहरुले गरे ३९ अर्बको व्यवसाय, २५ प्रतिशतको वृद्धि

0
Shares

सञ्चालनमा रहेका २० निर्जिबन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७८।७९ मा ३९ अर्ब रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आवमा निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब १६ करोड ८९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।

अघिल्लो आवको सोही अवधिमा बीमा कम्पनीहरुले ३१ अर्ब ७० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए । एक वर्षको समीक्षा अवधिमा निर्जीवन बीमा व्यवसाय २४.६८ प्रतिशतले बढेको छ ।

निर्जिवन बीमा कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्सले सर्वाधिक धेरै ५ अर्ब ९२ लाख २२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो । त्यस्तै, दोस्रोमा सगरमाथा इन्स्योरेन्सले शिखर इन्स्योरेन्सलाई पच्छ्याउँदै ३ अर्ब १० करोड ६३ लाख ४३ हजार रुपैयाँ संकलन गरेको छ ।

गत आवमा नेको इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, सिद्धार्थ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स गरी ६ वटा कम्पनीहरुले २ अर्बभन्दा बढी तीन अर्बभन्दा कम बीमाशुल्क संकलन गरेका छन् । अन्य थप १० कम्पनीहरुले एक अर्बभन्दा बढी दुई अर्बभन्दा कम बीमाशुल्क संकलन गरेका छन् । ती कम्पनीहरुमा आइएमई जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, दि अरियन्टल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स रहेका छन् । नेशनल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले एक अर्बभन्दा कम कुल बीमाशुल्क संकलन गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन (रू लाखमा)
क्र.सं. नाम २०७९ असार  २०७८ असार अन्तर %
शिखर इन्स्योरेन्स 50,092.22 39700.00 26.18
सगरमाथा इन्स्योरेन्स 31,063.43 26500.00 17.22
नेको इन्स्योरेन्स 28,538.25 24100.00 18.42
राष्ट्रिय बीमा कम्पनी 26,471.87 16300.00 62.40
सिद्धार्थ इन्स्योरेन्स 26,152.84 23200.00 12.73
एनएलजी इन्स्योरेन्स 23,710.72 20800.00 13.99
प्रिमियर इन्स्योरेन्स 21,431.58 19000.00 12.80
हिमालयन जनरल इन्स्योरेन्स 20,615.32 13000.00 58.58
आइएमई जनरल इन्स्योरेन्स 17,708.76 15200.00 16.51
१० अजोड इन्स्योरेन्स 16,683.87 12700.00 31.37
११ लुम्बिनी जनरल इन्स्योरेन्स 15,843.32 13600.00 16.50
१२ नेपाल इन्स्योरेन्स 15,800.57 12700.00 24.41
१३ युनाइटेड इन्स्योरेन्स 15,488.20 10500.00 47.51
१४ दि अरियन्टल इन्स्योरेन्स 14,418.93 11600.00 24.30
१५ प्रभु इन्स्योरेन्स 13,574.80 13500.00 0.55
१६ प्रुडेन्सियल इन्स्योरेन्स 13,353.11 12800.00 4.32
१७ एभरेष्ट इन्स्योरेन्स 12,230.91 10100.00 21.10
१८ सानिमा जनरल इन्स्योरेन्स 10,442.71 6500.00 60.66
१९ नेशनल इन्स्योरेन्स 9,066.04 8700.00 4.21
२० जनरल इन्स्योरेन्स कम्पनी 9,012.45 6500.00 38.65
  कुल 391,699.90 317000.00 24.68

 

सगरमाथापछि नेको इन्स्योरेन्सले २ अर्ब ८५ करोड ३८ लाख २५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा राष्ट्रिय बीमा कम्पनीले २ अर्ब ६४ करोड ७१ लाख ८७ हजार रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले २ अर्ब ६१ करोड ५२ लाख ८४ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ३७ करोड १० लाख ७२ हजार रुपैयाँ, प्रिमियम इन्स्योरेन्सले २ अर्ब १४ करोड ३१ लाख ५८ हजार रुपैयाँ र हिमालयन जनरल इन्स्योरेन्सले २ अर्ब ६ करोड १५ लाख ३२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

थप दश कम्पनीको बीमाशुल्क एक अर्बभन्दा माथि २ अर्बभन्दा कम छ । ती कम्पनीहरुमा आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब ७७ करोड ८ लाख ७६ हजार रुपैयाँ कुल बीमशुल्क संकलन गर्दा अजोड इन्स्योरेन्सले १ अर्ब ६६ करोड ८३ लाख ८७ हजार रुपैयाँ, लुम्बिनी जनरलले १ अर्ब ५८ करोड ४३ लाख ३२ हजार रुपैयाँ,नेपाल इन्स्योरेन्सले १ अर्ब ५८ करोड ५७ हजार रुपैयाँ र युनाइटेड इन्स्योरेन्सले १ अर्ब ५४ करोड ८८ लाख २० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यसैगरी दि ओरियन्टल इन्स्योरेन्सले १ अर्ब ४४ करोड १८ लाख ९३ हजार रुपैयाँ,प्रभु इन्स्योरेन्सले १ अर्ब ३५ करोड ७४ लाख ८० हजार रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ३३ करोड ५३ लाख ११ हजार रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले १ अर्ब २२ करोड ३० लाख ९१ हजार रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षमा १ अर्ब ४ करोड ४२ लाख ७१ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

नेशनल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सको कुल बीमाशुल्क ९० करोड मात्र छ । नेशनल इन्स्योरेन्सले ९० करोड ६६ लाख ४ हजार रुपैयाँ र जनरल इन्स्योरेन्सले सबैभन्दा कम ९० करोड १२ लाख ४५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।

कसको बीमाशुल्क संकलन कति प्रतिशत बढ्यो ?

गत आवमा सबै निर्जीवन बीमा कम्पनीहरुले बीमाशुल्क संकलन रकम बढाएका छन् । जसको शीर्ष स्थानमा रहेको राष्ट्रिय बीमा कम्पनीले ६२ प्रतिशतले बढाएको छ ।

यसैगरी गत आवमा सानिमा जनरल इन्स्योरेन्सको कुल बीमाशुल्क ६०.६६ प्रतिशत, हिमालयन जनरल इन्स्योरेन्सको ५८.५८ प्रतिशत र युनाइटेड इन्स्योरेन्सले ४७.५१ प््रतिशतले कुल बीमाशुल्क बढाएको छ । जनरल इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्सको क्रमशः ३८.६५ र ३१.३७ प्रतिशतले कुल बीमाशुल्क संकलन बढेको छ ।

निर्जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन
क्र.सं. नाम अन्तर प्रतिशत
राष्ट्रिय बीमा कम्पनी 62.40
सानिमा जनरल इन्स्योरेन्स 60.66
हिमालयन जनरल इन्स्योरेन्स 58.58
युनाइटेड इन्स्योरेन्स 47.51
जनरल इन्स्योरेन्स कम्पनी 38.65
अजोड इन्स्योरेन्स 31.37
शिखर इन्स्योरेन्स 26.18
नेपाल इन्स्योरेन्स 24.41
दि अरियन्टल इन्स्योरेन्स 24.30
१० एभरेष्ट इन्स्योरेन्स 21.10
११ नेको इन्स्योरेन्स 18.42
१२ सगरमाथा इन्स्योरेन्स 17.22
१३ आइएमई जनरल इन्स्योरेन्स 16.51
१४ लुम्बिनी जनरल इन्स्योरेन्स 16.50
१५ एनएलजी इन्स्योरेन्स 13.99
१६ प्रिमियर इन्स्योरेन्स 12.80
१७ सिद्धार्थ इन्स्योरेन्स 12.73
१८ प्रुडेन्सियल इन्स्योरेन्स 4.32
१९ नेशनल इन्स्योरेन्स 4.21
२० प्रभु इन्स्योरेन्स 0.55
  कुल 24.68

 

यस अवधिमा थप ११ कम्पनीको बीमाशुल्क दोहोरो अंकको प्रतिशतमा बढेको छ । यस अवधिमा शिखर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, दि अरियन्टल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको २० देखि ३० प्रतिशतसम्म बढेको छ । यस्तै नेको इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सले दश प्रतिशतभन्दा बढीले गत आवमा कुल बीमाशुल्क संकलन रकम बढाएका छन् ।

प्रुडेन्सियल इन्स्योरेन्सको कुल बीमाशुल्क गत आवमा ४.३२ र नेशनल इन्स्योरेन्सको ४.२१ प््रतिशतले बढेको छ । सबैभन्दा कम वृद्धि भएको प्रभु इन्स्योरेन्सको सबैभन्दा कम ०.५५ प्रतिशत मात्र बढेको छ ।

बीमाशुल्क आर्जनमा कुन कम्पनीको हिस्सा कति ?

निर्जिवन बीमा कम्पनीहरुले ३९ अर्ब १६ करोड ८९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा कुल व्यवसायको १२.७९ प्रतिशत हिस्सा शिखर इन्स्योरेन्स कम्पनीको रहेको छ ।

बीमा समितिले प्रकाशित गरेको गत असार मसान्तसम्मको विवरणअनुसार सगरमाथा इन्स्योरेन्सले कुल बीमाशुल्कको ७.९३ प्रतिशत बीमाशुल्क उठाउँदा नेको इन्स्योरेन्सले ७.२९ प्रतिशत, राष्ट्रिय बीमा कम्पनी ६.७६ प्रतिशत, सिद्धार्थ इन्स्योरेन्स ६.६८ प्रतिशत,एनएलजी इन्स्योरेन्सले कुल बीमाशुल्कको ६.०५ प्रतिशत, प्रिमियर इन्स्योरेन्सको ५.४७ प्रतिशत र हिमालयन जनरल इन्स्योरेन्सले ५.२६ प्रतिशत हिस्सा बराबरको बीमाशुल्कमा आफ्नो स्थानमा सुरक्षित गरेको छ ।

यस्तै आइएमई जनरल इन्स्योरेन्सले संकलित बीमाशुल्क रकमको ४.५२ प्रतिशत, बीमाशुल्क उठाउँदा अजोड इन्स्योरेन्स ४.२६ प्रतिशत, लुम्बिनी जनरल इन्स्योरेन्स ४.०४ प्रतिशत, नेपाल इन्स्योरेन्स ४.०३ प्रतिशत, युनाइटेड इन्स्योरेन्स ३.९५ प्रतिशत, दि अरियन्टल इन्स्योरेन्स ३.६८ प्रतिशत, प्रभु इन्स्योरेन्स ३.४७ प्रतिशत, प्रुुडेन्सियल इन्स्योरेन्स ३.४१ प्रतिशत र गत आवमा संकलित बीमाशुल्कको एभरेष्ट इन्स्योरेन्सले ३.१२ प्रतिशत बराबरको रकम संकलन गरेको छ ।

यस अवधिमा कुल संकलित बीमाशुल्कमा सानिमा जनरल इन्स्योरेन्सको हिस्सा २.६७ प्रतिशत कायम रहँदा नेशनल इन्स्योरेन्स २.३१ प्रतिशत र जनरल इन्स्योरेन्स कम्पनीको कुल बीमाशुल्क संकलनमा २.३० प्रतिशत हिस्सा रहेको छ ।

निर्जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलनमा (हिस्सा% )
क्र.सं. नाम अन्तर प्रतिशत
शिखर इन्स्योरेन्स 12.79
सगरमाथा इन्स्योरेन्स 7.93
नेको इन्स्योरेन्स 7.29
राष्ट्रिय बीमा कम्पनी 6.76
सिद्धार्थ इन्स्योरेन्स 6.68
एनएलजी इन्स्योरेन्स 6.05
प्रिमियर इन्स्योरेन्स 5.47
हिमालयन जनरल इन्स्योरेन्स 5.26
आइएमई जनरल इन्स्योरेन्स 4.52
१० अजोड इन्स्योरेन्स 4.26
११ लुम्बिनी जनरल इन्स्योरेन्स 4.04
१२ नेपाल इन्स्योरेन्स 4.03
१३ युनाइटेड इन्स्योरेन्स 3.95
१४ दि अरियन्टल इन्स्योरेन्स 3.68
१५ प्रभु इन्स्योरेन्स 3.47
१६ प्रुडेन्सियल इन्स्योरेन्स 3.41
१७ एभरेष्ट इन्स्योरेन्स 3.12
१८ सानिमा जनरल इन्स्योरेन्स 2.67
१९ नेशनल इन्स्योरेन्स 2.31
२० जनरल इन्स्योरेन्स कम्पनी 2.30
  कुल 100%

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २८ साउन २०७९, शनिबार  ११ : ११ बजे