फाइनान्स कम्पनीको खराब कर्जा अनुपात गत आर्थिक वर्ष २०७८/७९ मा २.३९ प्रतिशतले घटेको छ ।
अघिल्लो आवमा फाइनान्स कम्पनीको खराब कर्जा अनुपात औसतमा ५.८९ रहेकोमा गत आवमा घटेर ३.५० प्रतिशतमा झरेको छ ।
गत आवमा सञ्चालनमा रहेका १५ फाइनान्स कम्पनीमध्ये दश कम्पनीको खराब कर्जा अनुपात अघिल्लो आवको तुलनामा घटेको छ भने पाँच कम्पनीको भने बढेको छ ।
गत आवमा नेपाल फाइनान्सको खराब कर्जा अनुपात सबैभन्दा धेरै १४.०७ प्रतिशत रहेको छ । अघिल्लो आवमा ४४.८२ प्रतिशत रहेको फाइनान्सले एक वर्षमा ३.७५ प्रतिशत बिन्दुले खराब कर्जा अनुपात घटाएको हो ।
यसैगरी जानकी फाइनान्सको ७.८३ प्रतिशत, गोर्खाज फाइनान्स ७.५२ र समृद्धि फाइनान्सको खराब कर्जा अनुपात ४.५८ प्रतिशत रहेको छ । सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स, गुडविल फाइनान्स, बेष्ट फाइनान्स र मञ्जुश्री फाइनान्सको खराब कर्जा अनुपात २ देखि ३ प्रतिशत बीचमा रहेको छ ।
एक प्रतिशतभन्दा कम खराब कर्जा अनुपात हुने फाइनान्सको संख्या चार रहँदा एक देखि २ प्रतिशतबीचमा खराब कर्जा अनुपात हुने फाइनान्स एउटा रहेको छ । सबैभन्दा कम खराब कर्जा अनुपात आईसिएफसि फाइनान्सको ०.५४ प्रतिशत रहेको छ । श्री इन्भेष्ट एण्ड फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स, र मल्टिपपर्स फाइनान्सको खराब कर्जा १ प्रतिशतभन्दा कम छ । पोखरा फाइनान्सको खराब कर्जा अनुपात १.३७ प्रतिशत रहेको छ ।
S.N. | SYMBOL | NPL in Percentage | ||
Finance Company | 2079 Shrawan | 2078 Shrawan | Change | |
1 | NFS | 14.07 | 44.82 | -30.75 |
2 | JFL | 7.83 | 2.51 | 5.32 |
3 | GUFL | 7.52 | 3.65 | 3.87 |
4 | SFCL | 4.58 | 5.10 | -0.52 |
5 | PROFL | 2.78 | 3.46 | -0.68 |
6 | CFCL | 2.52 | 1.72 | 0.80 |
7 | RLFL | 2.33 | 4.16 | -1.83 |
8 | GFCL | 2.30 | 3.21 | -0.91 |
9 | BFC | 2.24 | 12.83 | -10.59 |
10 | MFIL | 2.19 | 2.34 | -0.15 |
11 | PFL | 1.37 | 1.04 | 0.33 |
12 | MPFL | 0.87 | 0.98 | -0.11 |
13 | GMFIL | 0.76 | 0.32 | 0.44 |
14 | SIFC | 0.60 | 0.62 | -0.02 |
15 | ICFC | 0.54 | 1.65 | -1.11 |
Total | 3.50 | 5.89 | -2.39 |
जानकी फाइनान्सको खराब कर्जा सर्वाधिक बढ्यो
गत आवमा अघिल्लो आवको तुलनामा जानकी फाइनान्सको खराब कर्जा सर्वाधिक ५.३२ प्रतिशत बढेको छ । अघिल्लो आवमा २.५१ प्रतिशत रहेको फाइनान्सको खराब कर्जा ७.८३ प्रतिशत पुगेको हो ।
यसैगरी समीक्षा अवधिमा गोर्खाज फाइनान्सको ३.८७ प्रतिशत, सेन्ट्रल फाइनान्स ०.८०, गुहेश्वरी मर्चेन्ट ०.४४ प्रतिशत र पोखरा फाइनान्सको खराब कर्जा ०.३३ प्रतिशत बढेको छ ।
यस अवधिमा नेपाल फाइनान्सको ३०.७५ प्रतिशत, बेष्ट फाइनान्स १०.४९, रिलायन्स फाइनान्स १.८३, आईसिएफसि फाइनान्स १.११, गुडविल फाइनान्स ०.९१, प्रोगेशिभ फाइनान्स ०.६८, समृद्धि फाइनान्स ०.५२, प्रतिशत, मञ्जुश्री फाइनान्स ०.१५, मल्टिपपर्स फाइनान्स ०.११ र श्री इन्भेष्ट एण्ड फाइनान्स कम्पनीको खराब कर्जा अनुपात अघिल्लो आवको तुलनामा ०.०२ प्रतिशत बिन्दुले घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया