फाइनान्स कम्पनीहरुको निक्षेप संकलन १३ प्रतिशतले बढ्दा कर्जा विस्तार ३३ प्रतिशत माथि

0
Shares

फाइनान्स कम्पनीहरुले गत आर्थिक वर्ष २०७८।७९ मा निक्षेप संकलन औसतमा १२.९६ प्रतिशतले वृद्धि गर्दा कर्जा लगानी भने औसतमा ३३.७९ प्रतिशतले वृद्धि गरेका छन् । तरलता अभावका बीच फाइनान्स कम्पनीहरुले निक्षेपको करिब तीन गुणा बढी कर्जा लगानी गरेका हुन् ।

निक्षेप संकलन र कर्जा धेरै बढाउने कम्पनीहरुमा समस्याग्रस्तबाट फुकुवा भएका कम्पनीहरु अगाडि देखिएका छन् भने पुराना र बलिया फाइनान्स कम्पनीको गत आवमा औसत मात्र कर्जा र निक्षेप वृद्धि भएको देखिन्छ । कर्जा लगानी र निक्षेप संकलन दुबैमा पहिलो नम्बरमा रहेको आईसिएफसि फाइनान्सको हिस्सा इन्डष्ट्रिमा कुल निक्षेपको १८ प्रतिशत र कर्जा लगानीमा साढे १७ प्रतिशत रहेको छ ।

सञ्चालनमा रहेका पन्ध्र फाइनान्स कम्पनीहरुले गत आवमा ९७ अर्ब ६५ करोड ७२ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरेका छन् । अघिल्लो आवमा यस्तो रकम ८६ अर्ब ४५ करोड २ लाख ४ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा १३ फाइनान्सको निक्षेप बढेको छ भने २ कम्पनीको घटेको छ । गत आवमा फाइनान्सहरुले ०.६० देखि १२७ प्रतिशतसम्मले निक्षेप संकलन बढाएका छन् ।

यस्तै कर्जा लगानीतर्फ गत आवमा ८१ अर्ब २८ करोड ६० लाख ५२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ६० अर्ब ७५ करोड ७२ लाख १० हजार रुपैयाँ रहेको कर्जा लगानी विस्तार ३३.७९ प्रतिशत बढेको हो । गत आवमा सबै फाइनान्सको कर्जा लगानी बढेकोमा २ देखि २३२ प्रतिशतसम्म वृद्धि भएको छ ।

कुन फाइनान्सले कति गरे निक्षेप संकलन ?

गत आवमा आईसिएफसि फाइनान्सले सबैभन्दा धेरै १७ अर्ब ७१ करोड ९९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । दोस्रो स्थानमा रहेको पोखरा फाइनान्सले १० अर्ब ६२ करोड १५ लाख रुपैयाँ, तेस्रो स्थानमा रहेको मञ्जुश्री फाइनान्सले १० अर्ब ४१ करोड १० लाख रुपैयाँ र गुडविल फाइनान्सले पनि गत आवमा १० अर्ब ४० करोड २२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

यस्तै गत आवमा गोर्खाज फाइनान्सले ७ अर्ब ५४ करोड ७ लाख, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स ६ अर्ब ८२ करोड ६६ लाख, रिलायन्स फाइनान्स ६ अर्ब ६७ करोड २ लाख, श्री इन्भेष्ट एण्ड फाइनान्स ६ अर्ब ४० करोड १४ लाख र सेन्ट्रल फाइनान्सले ६ अर्ब ८ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरेको हो ।

यस्तै गत आवमा प्रोगेशिभ फाइनान्सले ४ अर्ब ५९ करोड २९ लाख रुपैयाँ, बेष्ट फाइनान्स ३ अर्ब ६० करोड ५२ लाख रुपैयाँ, जानकी फाइनान्स २ अर्ब ९९ करोड ४८ लाख रुपैयाँ, नेपाल फाइनान्सले १ अर्ब ५२ करोड ५९ लाख रुपैयाँ र समृद्धि फाइनान्सले १ अर्ब ४१ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । यस अवधिमा सबैभन्दा कम निक्षेप संकलन गरेको मल्टिपपर्स फाइनान्सले ८४ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

Deposits in Thousand
Finance Company 2079 Shrawan 2078  Shrawan Change %
ICFC 17719984.18 15188195.79 16.67
PFL 10621510.67 8986545.98 18.19
MFIL 10411002.00 8911770.00 16.82
GFCL 10402245.53 10080962.30 3.19
GUFL 7540749.32 8159707.56 -7.59
GMFIL 6826604.00 6785867.00 0.60
RLFL 6670273.00 5839924.00 14.22
SIFC 6401429.23 5884265.64 8.79
CFCL 6089460.93 5518523.22 10.35
PROFL 4592926.29 2943663.31 56.03
BFC 3605279.29 2963592.09 21.65
JFL 2994808.45 3155107.44 -5.08
NFS 1525992.00 711297.00 114.54
SFCL 1413972.00 951053.00 48.67
MPFL 840983.47 369730.64 127.46
Total 97657220.37 86450204.97 12.96

 

तेह्र फाइनान्सको निक्षप बढ्दा दुईको घट्यो

गत आवमा सञ्चालनमा रहेका १५ मध्ये १३ कम्पनीले निक्षेप संकलन बढाउँदा २ कम्पनीको भने घटेको छ । सबैभन्दा धेरै निक्षेप मल्टिपपर्स फाइनान्सले बढाएको छ । फाइनान्सले १२७ प्रतिशत बढीले निक्षेप संकलन बढाएको हो ।

यसैगरी नेपाल फाइनान्स ११४, प्रोगेशिभ फाइनान्स ५६, समृद्धि फाइनान्स ४८, बेष्ट फाइनान्स २१, पोखरा फाइनान्स १८, मञ्जुश्री फाइनान्स १६, आईसिएफसि फाइनान्स १६, रिलायन्स फाइनान्स १४ र सेन्ट्रल फाइनान्सले १० प्रतिशतभन्दा बढीले निक्षेप बढाएको छ । यस अवधिमा श्री इन्भेष्ट एण्ड फाइनान्स ८, गुडविल फाइनान्स ३ र गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको ०.६० प्रतिशतले निक्षेप बढेको छ । गत आवमा जानकी फाइनान्सको ५, र गोर्खाज फाइनान्सको ७ प्रतिशतले निक्षेप घटेको छ ।

कुन फाइनान्सको कर्जा लगानी कति ?

गत आवमा आईसिएफसि फाइनान्सले सबैभन्दा धेरै १४ अर्ब ३० करोड ५४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । दोस्रो स्थानमा रहेको मञ्जुश्री फाइनान्सले ९ अर्ब ६४ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ भने पोखरा फाइनान्सले पनि ९ अर्ब ३ करोड ५३ लाख रुपैयाँ लगानी गरेको छ ।

यस्तै गत आवमा गुडविल फाइनान्सले ८ अर्ब ६० करोड २९ लाख, गोर्खाज फाइनान्स ५ अर्ब ७० करोड ९७ लाख, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स ५ अर्ब ५७ करोड ८१ लाख, रिलायन्स फाइनान्स ५ अर्ब १७ करोड १८ लाख, श्री इन्भेष्ट एण्ड फाइनान्स ५ अर्ब ९ करोड २० लाख र सेन्ट्रल फाइनान्सले ५ अर्ब १ करोड ३८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस्तै गत आवमा प्रोगेशिभ फाइनान्सले ३ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ, बेष्ट फाइनान्स ३ अर्ब २१ करोड ८४ लाख रुपैयाँ, जानकी फाइनान्स २ अर्ब ९२ करोड ८ लाख रुपैयाँ र समृद्धि फाइनान्सले १ अर्ब ५७ करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा नेपाल फाइनान्सले ९८ करोड ९१ लाख रुपैयाँ र सबैभन्दा कम कर्जा लगानी गरेको मल्टिपपर्स फाइनान्सले ७० करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको हो ।

Loans in Thousand
Finance Company 2079 Shrawan 2078  Shrawan Change %
ICFC 14305424.33 10587922.64 35.11
MFIL 9641927.00 6205034.00 55.39
PFL 9035307.71 5855203.78 54.31
GFCL 8602993.52 7377952.25 16.60
GUFL 5709796.48 5567018.89 2.56
GMFIL 5578135.00 4435563.00 25.76
RLFL 5171798.00 4395083.00 17.67
SIFC 5092082.94 4289496.84 18.71
CFCL 5013830.57 4132419.01 21.33
PROFL 3725656.17 2236881.84 66.56
BFC 3218427.49 1788217.24 79.98
JFL 2920847.66 2327173.35 25.51
SFCL 1571604.00 835131.00 88.19
NFS 989188.00 297230.00 232.80
MPFL 709033.30 426883.69 66.10
Total 81286052.18 60757210.53 33.79

 

फाइनान्सहरुको कर्जा लगानी २३२ प्रतिशतसम्म बढ्यो

गत आवमा नेपाल फाइनान्सले सर्वाधिक २३२ प्रतिशतले कर्जा लगानी वृद्धि गरेको छ । दोस्रो स्थानमा रहेको समृद्धि फाइनान्सले ८८, बेष्ट फाइनान्स ७९, प्रोगेशिभ फाइनान्स ६६, मल्टिपपर्स फाइनान्स ६६, मञ्जुश्री फाइनान्स ५५ र पोखरा फाइनान्सको ५४ प्रतिशतले निक्षेप संकलन रकम वृद्धि भएको छ ।

यसैगरी यस अवधिमा आईसिएफसि फाइनान्स ३५, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स २५, जानकी फाइनान्स २५,सेन्ट्रल फाइनान्स २१, श्री इन्भेष्ट एण्ड फाइनान्स १८, रिलायन्स फाइनान्स १७, गुडविल फाइनान्स १६ प्रतिशत र गोर्खाज फाइनान्सले सबैभन्दा कम २.५६ प्रतिशतले मात्र कर्जा लगानी बढाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २९ साउन २०७९, आइतबार  १९ : ४० बजे