नेपाल टेलिकम लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ मा ८ अर्ब ३८ करोड ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७।५४ प्रतिशत बढेको हो ।
अघिल्लो आवमा कम्पनीले ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
सार्वजनिक चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार टेलिकमको आम्दानी ५.४४ प्रतिशत बढेर ३७ अर्ब ८८ करोड ९९ लाख पुगेको छ । कम्पनीको आम्दानी बढेसँगै खुद नाफामा पनि सोही अनुसार सुधार आएको हो ।
असार मसान्तसम्ममा कम्पनीको अन्य आम्दानी २.५१ प्रतिशत बढेर ६ अर्ब ४३ करोड १४ लाख र कुल आम्दानी ५ प्रतिशत बढेर ४४ अर्ब ३२ करोड १३ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो आवमा २० प्रतिशत बोनस बाँडेर चुक्ता पूँजी १८ अर्ब रुपैयाँ पुर्याएको यस कम्पनीको प्रतिसेयर आम्दानी ४६.५६ रुपैयाँ छ । पुँजीवृद्धिको तुलनामा नाफा बढ्न नसक्दा अघिल्लो आवको तुलनामा ९७ पैसाले इपिएस घटेको छ ।
समीक्षा अवधिमा कम्पनीको जगेडा कोष ३.१९ प्रतिशत बढेर ७७ अर्ब ६ करोड ३२ लाख ८३ हजार रुपैयाँ सञ्चित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५२८.१३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८६४.४३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १८.८८ गुणा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया