बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा दिने कर्जा १० महिनाको अवधिमा २८ अर्ब ४० लाख रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भारित बढाई १५० प्रतिशत कायम गर्ने तथा सीमा तोकेपछि यस्तो कर्जा घट्न थालेको हो ।

बैंक तथा वित्तीय संस्था आफैले पनि लगानी गर्ने र सेयर धितोमा कर्जा दिइ लगानीकर्तालाई पनि सेयर बजारमा लगानी गर्न सहज बनाएपछि धितोपत्र बजार सूचक अस्वभाविक रुपमा बढेको थियो ।
धितोपत्र बजारमा बैंक वित्तीय संस्थाको उपस्थिती जोखिमपूर्ण भएको भन्दै केन्द्रीय बैंकले नियन्त्रण गर्ने नीति लियो । त्यसपछि धितोपत्र बजारपनि घट्ने क्रममा रह्यो भने बैंक वित्तीय संस्थाको लगानी तथा प्रबाहित कर्जा समेत घट्न थालेको हो ।
नेपाल राष्ट्र बैंकले २०७८ भदौ ८ गते निर्देशन जारी गर्दै बैंक वित्तीय संस्थाबाट सेयर धितोकर्जाको सीमा तोक्यो । केन्द्रीय बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड कायम गर्यो । सो संगै राष्ट्र बैंकले कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा आगामी एक वर्ष (२०७९ भदौ ८ गते)मध्ये जुन पहिले हुन्छ सो अवधि भित्र नियमित गरिसक्नु पर्ने व्यवस्था गर्यो । यो व्यवस्थाका कारण पछिल्लो १० महिनामा २८ अर्ब ४० रुपैयाँ बरावरको सेयर धितो कर्जा घट्यो ।
नेपाल राष्ट्र बैंकले एक व्यक्ति सेयर धितो कर्जा सीमा कायम गर्न दिएको एक वर्षको अवधि पनि २०७९ भदौ ८ देखि सकिँदै छ । यसले पनि चालु आर्थिक वर्षको साउन महिनामा उक्त शिर्षकको कर्जा निकै घटेको हुनु पर्छ । यो अवधिमा धितोपत्र बजार समेत घट्दो क्रममा नै रहेको थियो ।
नेपाल राष्ट्र बैंकको २०७८ भदौ ८ गते निर्देशन ल्याएको हो । भदौ महिनाको अन्तिसम्ममा बैंक वित्तीय संस्थाले एक खर्ब ८ अर्ब ५१ करोड २० लाख रुपैयाँ बराबरको उक्त शिर्षकको कर्जा प्रबाह गरेका थिए । २०७८ असोज देखि २०७९ असार मसान्तसम्ममा २८ अर्ब ४० लाख रुपैयाँ बरावरको उक्त शिर्षकको कर्जा घटेको केन्द्रीय बैंकले जनाएको छ ।
अघिल्लो आवको असारको तुलनामा गत असारसम्ममा सेयर धितो कर्जा करिब २६ खर्बले घटेको छ । गत असार ३१ गते एक खर्ब ६ अर्ब २८ करोड २० लाख रुपैयाँ बरावरको मार्जिन नेचरको कर्जा लगानी गरेका बैंक वित्तीय संस्थालले गत असारसम्ममा आइपुग्दा त्यसलाइ २४.२६ प्रतिशतले घटाइ ८० अर्ब ५० करोड ८० लाख रुपैयाँमा झारेका छन् ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया