मेलम्चीमा फसेको दुई वाणिज्य बैंकको डेढ अर्ब रकम फिर्ता

0
Shares

मेलम्ची खानेपानी आयोजनाको ठेकदार कम्पनीका कारण दुई वाणिज्य बैंकको फसेको एक अर्ब ६० करोड रुपैयाँ भन्दा धेरै रकम फिर्ता भएको छ।

चिनको हानन प्रदेशको हाइ कोर्टले बैंक ग्यारेन्टी बापतको रकम फिर्ता गर्न आदेश सहितको फैसला गरेपछि उक्त रकम फिर्ता भएको हो । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वे १५ ब्यूरोका लागि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सो वापत मेलम्ची खानेपानी आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत बैंक अफ काडमाण्डू र हिमालयन बैंकले फिर्ता पाएका हुन।

चीनको हेनान प्रदेशको उच्च अदालतले नेपाली बैंकलाई काउन्टर ग्यारेन्टी वापतको रकम फिर्ता गर्न चाइना कन्सट्रक्सन बैंकलाई आदेश दिएको थियो।

अदालतले दिएको फैसला अनुसार बैक अफ काडमाण्डूले ६६ लाख २५ हजार १० अमेरिकन डलर र १४ लाख ११ हजार ४५३ युरो फिर्ता पाएको छ । त्यस्तै हिमालयन बैंकले करिब ६६ लाख ५० हजार अमेरिकी डलर फिर्ता आएको वरिष्ठ अधिवक्ता डा. गान्धी पण्डितले जानकारी दिए।

मेलम्ची खानेपानी आयोजनाको काम प्रारम्भ गर्ने सिलशिलामा आयोजना परिचालनको लागि आवश्यक रकम चाइना रेल्वे–१५ समुहलाई उपलब्ध गराउने प्रायोजनको लागि मेलम्ची खानेपानी आयोजना हिताधिकारी हुनेगरी चाइना कन्स्ट्रक्सन बैंकको काउन्टर ग्यारेन्टीमा एड्भान्स पेमेन्ट ग्यारेन्टी जारी गरिएको थियो ।

आयोजनाको काम ठेकेदार कम्पनीले सम्झौता अनुरुप पुरा नगरी बिचमै छोडेको हुँदा मेलम्ची खानेपानी आयोजनाले उक्त ग्यारेन्टीे उपर दावी गरेकोले बैंक अफ काठमाण्डूबाट ग्यारेण्टी वापतको रकम भुक्तानी गरिएको थियो।

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू र हिमालयन बैंकलाई काउन्टर ग्यारेन्टी दिएको थियो।

तर, मेलम्ची खानेपानी आयोजना बिकास समिति र ठेकेदार कम्पनी चाइना रेलवे समुह–१५ बिचको भएको बिवादको कारण उक्त बैंक ग्यारेण्टी भुक्तानी रोक्न चाइनिज अदालतमा परेको मुद्दाबाट अन्तरिम आदेश जारी भई चाइना कन्सट्रक्शन बैंकबाट यस बैंकले पाउनु पर्ने भुक्तानी रकम प्राप्त नभएकोले अन्तर्राष्ट्रिय अभ्यास र ग्यारेण्टीको शर्तबन्देजहरुको पालन गरी भुक्तानी गर्न चीनको हेनान प्रान्त स्थित पिपुल्स् इन्टरमिडिएट कोर्ट तथा हेनान पिपुल्स् उच्च अदालतमा चलेको मुद्दा यही सन् २०२२ जुलाई २५ तारिखमा बैंकको पक्षमा फैसला भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ७ भाद्र २०७९, मंगलबार  १६ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।