दुई चिनियाँसहित १० निमार्ण कम्पनी कालोसूचीमा, प्रचण्डका घरभेटी पनि परे

0
Shares

सरकारले दुई चिनियाँसहित १० निमार्ण कम्पनीलाई कालो सूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको सार्वजनिक सूचना प्रकाशन गरेको छ । कार्यालयले ३ कम्पनीलाई ३ वर्ष, एक कम्पनीलाई साढे २ वर्ष र ६ कम्पनीलाई एक वर्षका लागि कालो सूचीमा राखेको हो ।

सरकारले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका ‘घरभेटी’ शारदाप्रसाद अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ ।

काठमाडौं उपत्यकामा थुप्रै ठेक्का ओगटेर पेस्की रकम दुरुपयोग गरेको, सम्झौतामा उल्लिखित मितिभित्र निर्माण सम्पन्न नगरेको, नियतवश निर्माण लागत बढाएको आरोप सो कम्पनी माथि छ ।

यस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई चिनियाँ निर्माण कम्पनीलाई पनि कालोसूचीमा राखेको छ । नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा कार्यालयले चोङदिङ इन्टरनेसनल इन्जिनियरिङ कम्पनी लिमिटेड र चाङकिङ वाङपियान इलेक्ट्रिक ग्रुप कर्पोरेसन लिमिटेडलाई कालो सूचीमा राखिएको हो । दुवै कम्पनीलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको हो ।

कार्यालयले महालक्ष्मी वायर एण्ड केवल इन्डिष्ट्रिजलाई साढे दुई वर्ष तथा अन्य ६ कम्पनीलाई एक एक वर्ष कालो सूचीमा राखिएको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ८ भाद्र २०७९, बुधबार  ०९ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।