सुन–चाँदीको भाउ घट्यो, कति छ बजार भाउ ?

0
Shares

सुन–चाँदीको भाउ तिजको मुखमै सस्तिँदै गएको छ । सोमबार सुन तोलामा थप ६०० रुपैयाँ र चाँदीको भाउ १५ रुपैयाँले सस्तिएको हो । आइतबार पनि सुन तोलामा ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर कारोबार भएको थियो ।

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० तोकिएको छ । अघिल्लो दिन शुक्रबार स्थीर रहँदै प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार ६०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर १ हजार १४५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । आइतबार स्थीर रहेर १ हजार १६० मा कारोबार भएको थियो ।

नेपाली महिलाहरुको महान चाड हरितालिका तिज नकिँदै गर्दा यहि समयमा सुनको भाउ निरन्तर घट्दो क्रममा देखिएको छ नेपाली समाजमा सुनलाई परापुर्व कालदेखि नै ठूलो महत्व दिँदै आएको पाइन्छ ।

धार्मिक कार्यदेखि पैसा कमाएको समयमा सुन जोड्ने र असजिलो परेको बेला त्यहि सुन बिक्री गरी गर्जो टार्ने वा धितोबन्धक राखि काम चलाउने गरेको पाइन्छ ।

विशेषत महिलाहरुले तिजको समयमा आफ्नो गच्छे अनुसार नयाँ नयाँ गरगहना समेत जोड्ने गर्दछन् । यहि समयमा सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा घटिरहेकाले सुन खरिद गर्न चाहनेलाई मूल्य घट्दा सस्तो भाउमा खरिद गर्न अवसर प्राप्त भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा भाउ घट्न थालेपछि सोही अनुसारको प्रभाव नेपालको स्थानीय बजारमा पनि परेको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७२२ डलर तथा चाँदी प्रतिऔंस १८.५३ डलर हाराहारीमा कारोबार भैरहेका छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ भाद्र २०७९, सोमबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।