विश्व बैंकबाट १७ अर्ब ऋण स्वीकार गर्ने लगायत यस्ता छन मन्त्रिपरिषद्का १२ निर्णय

0
Shares

सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाका लागि १७ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन । मन्त्रिपरिषद् बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ।

सरकारले ४ बस्तुको आयातमा लागाएको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ । बैठकले यसअघि प्रतिबन्ध लगाइएका मध्ये ४ वस्तुको आयात प्रतिबन्ध कायम गरेको छ। सरकारले गाडी, मोबाइल, मोटरसाइकल र रक्सी आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिएर अन्य बस्तुको आयातलाई खुल्ला गर्ने निर्णय गरेको हो ।

त्यसैगरी सरकारले भदौ २४ गतेदेखि २६ गतेसम्म भुटानमा आयोजना हुने इसिमोडको ५३ औं बोर्ड अफ गभर्नरको बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई स्वीकृति दिएको सञ्चारमन्त्री कार्कीले जानकारी दिए।

सरकारले विभिन्न मन्त्रालय अन्तर्गत सञ्चालित परियोजना र आयोजना सञ्चालन गर्नका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। जसमा पाँच वटा मन्त्रालय अन्तर्गतका योजनाका लागि ६६३ अस्थायी दरबन्दी स्वीकृत गरिएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ भाद्र २०७९, मंगलबार  १८ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।