धितोपत्र बोर्डबाट ६ वटा मर्चेन्ट बैंकरले लिए पीइभीसी व्यवस्थापकको प्रमाणपत्र

0
Shares

नेपाल धितोपत्र बोर्डबाट ६ वटा मर्चेन्ट बैकरले विशिष्टीकृत लगानी कोष अन्र्तगत कोष व्यवस्थापकको रूपमा काम गर्न लागि अनुमती दर्ता प्रमाणपत्र पाएका छन ।

पूँजी तथा वस्तु बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम कोष व्यवस्थापकको काम गर्न भाद्र १९ गते ६ वटा मर्चेन्ट बैकरलाई अनुमतीपत्र हस्तातरण गरेको हो ।

बोर्डले आज प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल ईन्भेष्टमेण्ट क्यापिटल, एनआईसी एसिया क्यापिटल सहित ६ वटा क्यापिटललाई पीइभीसी व्यवस्थापकको प्रमाणपत्र दिएको हो।

यस अघि ग्लोबल ईक्विटी फण्ड र अवसर ईक्विटी फण्ड गरी बोर्डबाट हालसम्म जम्मा ८ वटा संस्थाहरुलाई विशिष्टीकृत लगानी कोष अन्र्तगत कोष व्यवस्थापकको रूपमा काम गर्न लागि अनुमती दर्ता प्रमाणपत्र प्रदान गरिसकेको छ ।

एसआईएफको कोष प्रबन्धकको लागि पाएको स्वीकृति संगैं यी क्यापिटललाई नेपाली लगानीको क्षेत्रमा निजी इक्विटी र भेन्चर क्यापिटलजस्ता नवीन सेवाहरु प्रदान गर्ने बाटो खुलेको छ ।

नवीनतम ज्ञान, सीप/क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न स्वदेशी तथा बैदेशिक लगानीका भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटी फण्ड, हेज भण्ड जस्ता उपकरण मार्फत् लगानीको नयाँ स्रोतको व्यवस्था गर्न सहयोग पुग्नेछ ।

यस्तो कोषमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, पेन्सन कोष, अन्तर्राष्ट्रिय लगानीकर्ता तथा नेपाली तथा गैरआवासीय नेपाली लगायतले लगानी गर्न सक्नेछन् । जसबाट स्वदेशी श्रोत परिचालन भर्ई देशमा प्रत्यक्ष वैदेशिक लगानीलाई सहजीकरण र आकर्षित गरी समग्र पूँजी बजार विस्तार गर्न सहयोग पुग्नेछ भने राष्ट्रको समग्र व्यापार क्षेत्रको लागि यो लाभदायक हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १९ भाद्र २०७९, आइतबार  १६ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।