सांग्रिला डेभलपमेन्ट बैंककाे ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर विक्रीमा ल्याएको छ ।

बैंकले सेमराज शाक्यको नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

उक्त संस्थापक सेयर खरीद गर्न इच्छुक बैंकका संस्थापक शेयधनीहरुले सूचना आजको मितिबाट ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

बैंकको संस्थापक सेयर किन्न इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागज प्रमाणसहित किन्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई लिखित निवेदन पेस गर्न बैंकले अनुरोध गरेको छ ।

उक्त अवधिमा निवेदन नपरेमा प्रचलित कानून बमोजिम सर्वसाधारणका लागि विक्रीमा ल्याउने समेत बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० भाद्र २०७९, सोमबार  १० : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।