खप्तड लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ सोमबार बिक्री प्रबन्धक प्रभु क्यापिटलले बाँडफाँड गरेको छ ।
उक्त आईपीओमा कुल १८ लाख ८३ हजार १ सय १८ जनाको आवेदन परेकोमा १ लाख ४४ जनाको आवेदन अयोग्य भएको छ । योग्य आवेदन गर्ने कुल १७ लाख ८३ हजार ७४ जनालाई आईपीओ बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।
योग्य आवेदक १७ लाख ८३ हजार ७४ जनालाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गर्दा १२ हजार ३ सय ४० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन। बाँकि आवेदकको भने हात खाली भएको छ ।
कम्पनीले भदौ ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये २ हजार कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो भने ६ हजार ६ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको १ लाख २३ हजार ४ सय कित्ता सर्वसाधारणका लागि छुट्याईएको थियो ।
सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी ४ करोड हुनेछ । सुदूरपश्चिममा कार्यक्षेत्र रहेको यस लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया