सुनको भाउमा लगातार तेस्रो दिन वृद्धि, कति छ भाउ ?

0
Shares

सुनको भाउ लगातार तीन कारोबार दिन बढेर प्रतितोला ९४ हजार रुपैयाँ पुगेको छ । यस्तै चाँदीको भाउ पनि लगातार चार दिन बढेर १ हजार १२५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ ९४ हजार रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदीको भाउ मंगलबार प्रतितोला १० रुपैयाँ बढेर १ हजार १२५ रुपैयाँ पुगेको छ ।

महासंघको तथ्याङ्क अनुसार मंगलबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँ, सोमबार १०० रुपैयाँ र आइतबार ६०० रुपैयाँ गरी एक हजार रुपैयाँ बढेको छ । चाँदीको भाउ भने मंगलबार १० रुपैयाँ, सोमबार, आइतबार र शुक्रबार हरेक दिन ५ रुपैयाँका दरले वृद्धि भएको थियो ।

सोमबार छापावाल सुन तोलाको ९३ हजार ७०० रुपैयाँ, तेजावी सुन ९३ हजार २०० रुपैयाँ र चाँदी १ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७१५ डलर तथा चाँदी प्रतिऔंस १८.४४ डलर हाराहारीमा कारोबार भैरहेका छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ भाद्र २०७९, मंगलबार  १३ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।