सरकारले विश्व बैंकबाट ३५ अर्ब ऋण, एडीबीबाट डेढ अर्ब अनुदान लिने

0
Shares

सरकारले विश्व बैंकबाट करिब ३५ अर्ब रुपैयाँ (२७५ मिलियन डलर) सहुलियत ऋण लिने भएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विश्व वैंकबाट यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर (करिब ३५ अर्ब) सहुलियत पूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै बैठकले महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढीकरण प्रणालीका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर अर्थात एक अर्ब ५२ करोड बढी रकम अनुदान सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको कार्कीले जानकारी दिए ।

यसैगरी अर्थमन्त्री जनार्दन शर्माको नेतृतवमा एक प्रतिनिधिमण्डल अमेरिकाको भ्रमणमा जाने भएको छ । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री शर्मा नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो।

यस्तै सरकारले मधेस प्रदेशमा चिडियाखाना स्थापना गर्न स्वीकृति दिने निर्णय गरेको छ । बैठकबाट प्रहरी वरिष्ठ उपरीक्षक निरञ्जन विष्टलाई राष्ट्रिय सतर्कता केन्द्रको प्रहरी कर्मचारीतर्फ प्रहरी नायब महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ ।

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २८ भाद्र २०७९, मंगलबार  १४ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।