साउनमा भित्रियो ९२ अर्ब बढी रेमिट्यान्स

0
Shares

रोजगारीका लागि विभिन्न मुलुक पुगेका नेपालीले २०७९ साउन महिनामा ९२ अर्ब २१ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) नेपाल पठाएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २०.३० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष २०७८ को एक महिना अवधिमा (साउनमा) विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो ।

विसं २०७८ साउनमा ७५ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । सो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.५० प्रतिशतले कमी आई ६३ करोड ८२ लाख कायम भएको थियो ।

चालु आवको एक महिना अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५० प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८० प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भई ४४ हजार ५४० पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७५.४ प्रतिशतले वृद्धि भई २० हजार ३९० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो ।

यसैगरी समीक्षा अवधिमा खुद ट्रान्सफर १८.४ प्रतिशतले वृद्धि भई १ खर्ब १ अर्ब ६९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १५.७ प्रतिशतले घटेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ३० भाद्र २०७९, बिहिबार  १६ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।