बीमा विद्येयक प्रतिनिधि सभाबाट बहुमतले पारित, राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि कार्यान्वयनमा आउने

0
Shares

बीमा विद्येयक २०७५, प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधि सभाको २०७९ भदौ ३१ गते बसेको बैंठकले उक्त बीमा विद्येयक पारित गरेको हो ।

बीमा विद्येयक २०७५ राष्ट्रिय सभाबाट संसोधनका लागि भएका सुझावका विषयमा छलफल गर्न प्रतिनिधिसभामा पेश गरिएको थियो ।

राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त हुन आएको बीमा सम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न बनेको बीमा विधेक राष्ट्रिय सभाबाट संसोधन भएको प्रस्तावलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव निर्णायार्थ प्रस्तुत गरिएको थियो ।

अर्थमन्त्रीको समेत कार्यभार सम्हालेकी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संसदमा राष्ट्रिय सभाबाट भएका ‘बीमा विधेयक, २०७५’ को संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

गत साउन २९ गते प्रतिनिधि सभाबाट स्वीकृत भएको बीमा विधेयक भदौ २१ गते राष्ट्रिय सभामा पेश भएको थियो । विसं २०७५ असार २७ गते दर्ता भएको उक्त विद्येयक तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले २०७५ साउन १३ गते प्रतिनिधि सभामा पेश गरेका थिए । प्रतिनिधि सभाबाट विधेयक पारित भएसँगै अब लालमोहरका लागि राष्ट्रपति कार्यालयमा जानेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि विधेयक कानूनको रुपमा लागू (कार्यान्वयन) हुनेछ ।

बीमा विधेयक कानूनको रुपमा लाग भई कार्यान्वयनमा आएसँगै हाल रहेको बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुनेछ ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकले सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत बहुमतले स्वीकृत भएको हो । प्रतिनिधि सभाको आजको बैठकले दुई वटा विधेयकमाथि राष्ट्रियसभाबाट भएका संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको हो ।

प्रतिनिधि सभाको अर्को बैठक शनिबार दिउँसो १ बजे बस्नेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३१ भाद्र २०७९, शुक्रबार  १८ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।