साढे २२ लाख नगदसहित पक्राउ परेका उपसचिव नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नागरिक उड्डयन महाशाखामा कार्यरत उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराइदिने भन्दै साउन १७ गते ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका थिए ।  त्यस्तै उनले चढ्ने गाडीमा खानतलासी गर्दा १६ लाख ५० हजार रुपैयाँ बरामद गरेको भएको थियो ।

उनले बीबी एयरवेजबाट ६ लाख रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ । उनले ६ लाख रुपैयाँ घुस लिएको र बाँकी १६ लाख ५० हजार रुपैयाँ बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग सापटी लिएको अख्तियारको भनाई छ ।

उप(सचिव प्रमोद नेपाललाई बिगो ६ लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवानाको सजाय र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद सजाय हुन मागदावी लिइएको छ।

प्रमोद नेपालले आफू वहाल रहेको पदअनुसार बिबि एयरवेजको इजाजत नवीकरण सम्बन्धित कार्य सम्पादन गरेकोमा निजले सोही कार्यसम्पादन गरेको बिबि एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग सोह्र लाख पचास हजार रुपैयाँ जफत गरी पाउन समेत मागदावी लिइएको छ ।

साथै, बिबि एयरवेज प्रमुख श्रेष्ठ उपर सोही ऐनको दफा ५ को उपदफा (१) ले हुने सजायमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धत्माक वाक्यांश बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ आश्विन २०७९, आइतबार  १५ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।