चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा मुलुकमा सञ्चालित १७ विकास बैंकहरुमध्ये १४ बैंकहरुले कुल ७४ करोड ७३ लाख ४० हजार रुपैयाँ नाफा कमाएका छन् । समीक्षा अवधिमा तीन बैंकहरु एक्सेल डेभलपमेन्ट, नारायणी र कर्णाली डेभलपमेन्ट बैंक भने नोक्सानीमा रहेका छन् । तीन बैंकको नोक्सानी कुल ५ करोड ६६ लाख १० हजार छ ।
अघिल्लो आवको साउनमा १४ विकास बैंकहरुले ६४ करोड ९१ लाख ६३ हजार रुपैयाँ नाफा कमाएका थिए । सो वर्षमा नारायणी डेभलपमेन्ट, सालपा विकास बैंक र कर्पोरेट डेभलपमेन्ट बैंक नोक्सानीमा रहेका थिए । तीन बैंकको नोक्सानी ३४ लाख ८५ हजार थियो ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार २०७९ साउनमा गरिमा विकास बैंकले सर्वाधिक १५ करोड ७३ लाख ६० हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको यसै अवधिमा बैंकले ४ करोड ९५ लाख रुपैयाँ नाफा कमाएकोमा बैंकले २१७.६६ प्रतिशतले नाफा बढाएको हो ।
यसअघि नाफामा पहिलो नम्बरमा रहँदै आएको मुक्तिनाथ विकास बैंकले साउनमा दोस्रो स्थान सुरक्षित गरेको छ । सो बैंकले १३ करोड ५४ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको साउनमा बैंकले १४ करोड १५ लाख कमाएकोमा ४.२६ प्रतिशत नाफा घटेको छ ।
यस्तै साउनमा ज्योति विकास बैंकले ९ करोड २४ लाख, शाइन रेसुङ्गाले ९ करोड ५ लाख, कामना सेवा विकास बैंक ७ करोड २१ लाख, महालक्ष्मी विकास बैंक ६ करोड ५४ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ५ करोड ४१ लाख र लुम्बिनी विकास बैंकले ३ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । समीक्षा अवधिमा एक्सेल डेभलपमेन्ट बैंकले ३ करोड ८५ लाख नोक्सानी ब्यहोरेको छ ।
समीक्षा अवधिमा ज्योति विकास बैंकको नाफा ४.४५ प्रतिशतले घटेको छ भने शाइन रेसुङ्गा १२.०६, कामना सेवा ९.५१ प््रतिशत बढेको छ । महालक्ष्मीको नाफा ५.८१ प्रतिशत घट्दा सांग्रिलाको ५०.४९ प्रतिशत बढेको छ भने लुम्बिनीको १७.७८ प्रतिशत घटेको छ । एक्सेलेका नोक्सानी ३२८ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार कर्णाली डेभलपमेन्ट बैंकले साउनमा १ करोड ५३ लाख, ग्रीन डेभलपमेन्ट बैंक ९० लाख, मितेरी डेभलपमेन्ट बैंकले ५९ लाख, सप्तकोशी डेभलपमेन्ट ४२ लाख, सिन्धु विकास बैंक ३० लाख र कर्पोरेट डेभलपमेन्ट बैंक २९ लाख रुपैयाँ नाफा कमाएको छ ।
समीक्षा अवधिमा कर्णालीको नाफा ३४५ प्रतिशत घटेर नोक्सानीमा पुगेको छ । ग्रीन डेभलपमेन्टले १४३ प्रतिशतले नाफा बढाउँदा मितेरीको ३७.४७ प्रतिशत घटेको छ । सप्तकोशीको ३०.९१ नाफा प्रतिशतले घट्दा सिन्धु विकासले अघिल्लो साउनको तुलनामा ३३.७३३ प्रतिशतले नाफा बढाएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक नोक्सानीबाट २९ लाख नाफामा पुगेको छ ।
समीक्षा अवधिमा नारायणी डेभलपमेन्ट बैंकले २८ लाख नोक्सानी ब्यहोरेको छ । अघिल्लो वर्ष पनि बैंकले २० लाख नोक्सानीमा थियो । बैंकको नोक्सानी ४१.५६ प्रतिशतले बढेको हो । खोटाङमा केन्द्रीय कार्यालय रहेको एकजिल्ले विकास बैंक सालपाले साउनमासबैभन्दा कम १६ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको साउनमा बैंक १५ लाख नोक्सानीमा रहेको बैंकले २०८ प्रतिशतले नाफा बढाएको हो ।
| Bikash Bank Profit in Shrawan (Amount in Thousand) | |||
| Name | Shrawan 2079 | Shrawan 2078 | Change% |
| Garima | 157,360 | 49,537 | 217.66 |
| Muktinath | 135,480 | 141,502 | -4.26 |
| Jyoti | 92,440 | 96,747 | -4.45 |
| Shine | 90,510 | 80,765 | 12.06 |
| Kamana | 72,110 | 65,849 | 9.51 |
| Mahalaxmi | 65,470 | 69,507 | -5.81 |
| Shangrila | 54,160 | 35,987 | 50.49 |
| Lumbini | 53,090 | 64,571 | -17.78 |
| Green | 9,030 | 3,717 | 142.94 |
| Miteri | 5,950 | 9,515 | -37.47 |
| Saptakoshi | 4,220 | 6,108 | -30.91 |
| Sindhu | 3,010 | 2,250 | 33.73 |
| Corporate | 2,880 | -0.21 | 1,371,528.57 |
| Salapa | 1,630 | -1,500 | 208.64 |
| Narayani | -2,810 | -1,985.00 | 41.56 |
| Karnali | -15,290 | 6,221 | -345.77 |
| Excel | -38,510 | 16,882 | -328.11 |
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया