सुन १ हजारले घटेर कारोबार हुँदै

0
Shares

यस साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा एक हजारले घटेर कारोबार भएको छ । अन्तराष्ट्रिय बजारमा डलर बलियो भएसँग सुनको भाउ पनि घट्न थालेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ ९१ हजार ८०० रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको भाउ पनि तोलामा १ हजार रुपैयाँले घटेर ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

आइतबार चाँदीको भाउ पनि ओरालो लागेको छ , आज चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार १७० रुपैयाँमा कारोबार भैरहेको छ ।

शुक्रबार चाँदीको भाउ सुनको भाउ तोलामा १००० हजार रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँ बढेर १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार छापावाल सुन तोलाको ९२ हजार ८०० रुपैयाँ, तेजावी सुन ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ९ आश्विन २०७९, आइतबार  १४ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।