जीवन बीमा कम्पनीहरुको बीमाशुल्क २६ अर्बमाथि, भदौमा पौने ११ अर्ब संकलन

0
Shares

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दुई महिना (साउन–भदौ) अवधिमा कुल २६ अर्ब ३ करोड २७ लाख ४५ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये भदौ महिनामा मात्रै १० अर्ब ९७ करोड ५३ लाख १९ हजार रुपैयाँ संकलन भएको बीमा समितिले जनाएको छ ।

साउनमा र भदौ गरी दुई महिनामा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक ७ अर्ब ६२ करोड ५७ लाख ४५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीले भदौमा मात्रै २ अर्ब ८५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।  दोस्रोमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले भदौसम्म कुल ३ अर्ब २३ करोड ५ लाख ४४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीले भदौमा १ अर्ब ६१ करोड ४९ लाख ७३ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

तेस्रो ठूलो बीमाशुल्क संकलन गरेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल रहेको छ । कम्पनीले भदौसम्म ३ अर्ब १९ करोड ७५ लाख २६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जसमा भदौमा संकलन भएको १ अर्ब ३१ करोड २६ लाख १७ हजार रुपैयाँ समेत रहेको छ ।

यसैगरी युनियन लाइफ इन्स्योरेन्सले भदौसम्म १ अर्ब ४० करोड ६ लाख ७० हजार रुपैयाँ (भदौमा ५९ करोड ६७ लाख ७६ हजार), एशियन लाइफले १ अर्ब २१ करोड ६५ लाख रुपैयाँ (भदौमा ५० करोड ९६ लाख २२ हजार), सिटिजन लाइफले १ अर्ब ६ करोड ४८ लाख ७३ हजार (भदौमा ५४ करोड ५१ लाख ५४ हजार) रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

जीवन बीमा कम्पनीद्धारा संकलित कुल बीमाशुल्क संकलन (रू. हजारमा) 
कम्पनीको नाम कुल सक्रिय बीमालेखको संख्या कुल प्रिमियम संकलन २०७९ भदौको मात्र कुल प्रिमियम संकलन २०७९ भदौसम्म
राष्ट्रिय बीमा संस्थान 879,993 2,852,055 7,625,745
नेशनल लाईफ इस्योरेन्स कम्पनी लिमिटेड  1,549,599 1,614,973 3,230,544
नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  709,213 1,312,617 3,197,526
लाइफ इस्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड 107,660 596,776 1,400,670
मेट लाइफ इस्योरेन्स 490,346 509,622 1,216,598
एशियन लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  1,485,370 545,154 1,064,873
गुराँस लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  481,044 425,051 965,841
सुर्या लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  1,139,789 445,800 929,040
प्राइम लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  561,587 336,795 838,892
आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  171,904 315,684 778,060
युनियन लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  738,841 309,770 703,978
ज्योती लाइफ इस्योरेन्स लिमिटेड  273,550 289,404 693,250
सन नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  133,432 249,674 631,993
रिलायन्स लाइफ इस्योरेन्स लिमिटेड  3,962,183 298,492 590,607
रिलायाबल नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  96,527 181,373 585,111
सिटिजन लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  972,689 227,006 528,526
सानिमा लाइफ इस्योरेन्स लिमिटेड  174,323 163,561 398,043
प्रभु लाइफ इस्योरेन्स लिमिटेड  51,764 186,867 374,198
महालक्ष्मी लाइफ इस्योरेन्स लिमिटेड  35,052 114,644 279,250
कुल 14,014,866 10,975,318 26,032,745

 

बीमा समितिको तथ्याङ्क अनुसार सूर्या लाइफले चालु आवको दुई महिना अवधिमा ९६ करोड ५८ लाख ४१ हजार रुपैयाँ (भदौमा ४२ करोड ५० लाख ५१ हजार), मेट लाइफ इन्स्योरेन्सले ९२ करोड ९० लाख ४० हजार रुपैयाँ (भदौमा ४४ करोड ५८ लाख), राष्ट्रिय बीमा संस्थानले भदौसम्म ८३ करोड ८८ लाख ९२ हजार रुपैयाँ (भदौमा ३३ करोड ६७ लाख ९५ हजार), प्राईम लाइफले ७७ करोड ८० लाख ६० हजार रुपैयाँ (भदौमा ३१ करोड ५६ लाख ८४ हजार) र सन् नेपाल लाइफ इस्योरेन्सले भदौसम्म ७० करोड ३९ लाख ७८ हजार (भदौमा ३० करोड ९७ लाख ७० हजार) रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यस्तै ज्योति लाइफ इन्स्योरेन्सले भदौ महिनासम्म ६९ करोड ३२ लाख ५० हजार रुपैयाँ (भदौमा २८ करोड ९४ लाख ४ हजार), आइएमई लाइफले ६३ करोड १९ लाख ९३ हजार रुपैयाँ (भदौमा २४ करोड ९६ लाख ७४ हजार), रिलायबल नेपाल लाइफले ५९ करोड ६ लाख ७ हजार रुपैयाँ (भदौमा २९ करोड ८४ लाख ९२ हजार), गुराँस लाइफले ५८ करोड ५१ लाख ११ हजार रुपैयाँ (भदौमा १८ करोड १३ लाख ७३ हजार) र रिलायन्स लाइफले ५२ करोड ८५ लाख २६ हजार रुपैयाँ (भदौमा २२ करोड ७० लाख ६ हजार) कुल बीमाशुल्क संकलन गरेको छ ।

चालु आवको दुई महिना अवधिमा प्रभु लाइफ, सानिमा लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सको कुल बीमाशुल्क संकलन ५० करोडभन्दा कम छ । प्रभु लाइफ इन्स्योरेन्सले साउन र भदौमा कुल ३९ करोड ८० लाख ४३ हजार रुपैयाँ (भदौमा १६ करोड ३५ लाख ६१ हजार), सानिमा लाइफले ३७ करोड ४१ लाख ९८ हजार रुपैयाँ (भदौमा १८ करोड ६८ लाख ६७ हजार), र महालक्ष्मी लाइफ इन्स्योरेन्सले २७ करोड ९२ लाख ५० हजार (भदौमा ११ करोड ४६ लाख ४४ हजार) रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ आश्विन २०७९, मंगलबार  १८ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।