जीवन बीमा कम्पनीद्धारा पौने ५ अर्बको नयाँ व्यवसाय विस्तार, शीर्ष ६ मा सबै नयाँ कम्पनी

0
Shares

देशमा सञ्चालित १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९/८० को दुई महिना अर्थात भदौ मसान्तसम्मको अवधिमा पौने पाँच अर्ब बराबरको नयाँ व्यवसाय विस्तार गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले साउन र भदौ महिनामा कुल ४ अर्ब ८० करोड ४९ लाख ३२ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् । भदौमा मात्रै संकलित प्रथम बीमाशुल्क रकम २ अर्ब ६० करोड १५ लाख ४६ हजार रुपैयाँ छ ।

भदौसम्म १९ जीवन बीमा कम्पनीले २६ अर्ब ३ करोड २७ लाख ४५ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् । जसमध्ये भदौसम्म संकलित कुल बीमाशुल्कमा प्रथम बीमाशुल्कको हिस्सा औसतमा १८.४६ प्रतिशत रहेकाे छ ।

प्रथम बीमाशुल्क संकलनमा नेपाल लाइफ अगाडि

जीवन बीमा कम्पनीद्धारा भदौ मसान्तसम्म संकलित कुल बीमाशुल्क संकलन (रू. लाखमा) 
क्र.सं. कम्पनीको नाम प्रथम बीमा शुल्क
(रु.लाखमा)
कुल बीमा शुल्क
(रु.लाखमा)
नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  9364.86 76257.45
नेशनल लाईफ इस्योरेन्स कम्पनी लिमिटेड  5649.97 32305.44
सन नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  3628.79 7039.78
सिटिजन लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  3593.68 10648.73
लाइफ इस्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड 3347.56 31975.26
सुर्या लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  2795.06 9658.41
ज्योती लाइफ इस्योरेन्स लिमिटेड  2495.05 6932.50
रिलायबल नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  2488.81 5906.07
एशियन लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  2429.15 12165.98
१० युनियन लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  2356.10 14006.70
११ मेट लाइफ इस्योरेन्स 2160.11 9290.40
१२ आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  1338.79 6319.93
१३ प्राइम लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  1263.22 7780.60
१४ सानिमा लाइफ इस्योरेन्स लिमिटेड  1151.17 3741.98
१५ रिलायन्स लाइफ इस्योरेन्स लिमिटेड  994.76 5285.26
१६ राष्ट्रिय बीमा संस्थान 985.82 8388.92
१७ महालक्ष्मी लाइफ इस्योरेन्स लिमिटेड  845.97 2792.50
१८ प्रभु लाइफ इस्योरेन्स लिमिटेड  751.20 3980.43
१९ गुराँस लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  409.25 5851.11
कुल 48049.32 260327.45

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको छ ।

चालु आवको दुई महिनाको अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले बीमा ब्यवसायमा उल्लेख्य सुधार गर्दै सबैभन्दा धेरै ९३ करोड ६४ लाख ८६ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको हो । रकमका आधारमा पहिलो देखिएको नेपाल लाइफको कुल बीमाशुल्क संकलनमा प्रथम बीमाशुल्को हिस्सा भने १२.२८ प्रतिशत मात्र छ । कम्पनीले भदौसम्म कुल ७ अर्ब ६२ करोड ५७ लाख ४५ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

यस्तै यस अवधिमा नेशनल लाइफले ५६ करोड ४९ लाख ९७ हजार रुपैयाँ, सन् नेपाल लाइफले ३६ करोड २८ लाख ७९ हजार, सिटिजन लाइफले ३५ करोड ९३ लाख ६८ हजार, एलआइसी नेपालले ३३ करोड ४७ लाख ५६ हजार, सूर्या लाइफले २७ करोड ९५ लाख ६ हजार, ज्योति लाइफले २४ करोड ९५ लाख ५ हजार, रिलायबल लाइफले २४ करोड ८८ लाख ८१ हजार, एशियन लाइफले २४ करोड २९ लाख १५ हजार, युनियन लाइफले २३ करोड ५६ लाख १० हजार र मेट लाइफले २१ करोड ६० लाख ११ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

यस्तै यस अवधिमा आइएमई लाइफ इन्स्योरेन्सले १३ करोड ३८ लाख ७९ हजार रुपैयाँ, प्राइम लाइफले १२ करोड ६३ लाख २२ हजार, सानिमा लाइफले ११ करोड ५१ लाख १७ हजार, रिलायन्स लाइफले ९ करोड ९४ लाख ७६ हजार, राष्ट्रिय बीमा संस्थानले ९ करोड ८५ लाख ८२ हजार, महालक्ष्मी लाइफले ८ करोड ४५ लाख ९७ हजार, प्रभु लाइफले ७ करोड ५१ लाख २० हजार रुपैयाँ र गुराँस लाइफ इन्स्योरेन्सले ४ करोड ९ लाख २५ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

व्यवसाय विस्तारमा नयाँ कम्पनी आक्रमक, सन् नेपालको बीमाशुल्कमा आधा हिस्सा नयाँ व्यवसायको

पुराना जीवन बीमा कम्पनीहरुभन्दा नयाँ बीमा कम्पनीहरुको व्यवसाय विस्तारको दर उच्च देखिएको छ । प्रायः सबै नयाँ जीवन बीमा कम्पनीहरुले आफ्नो व्यवसाय उल्लेख्य रुपमा विस्तार गरेका छन् । नयाँ जीवन बीमा कम्पनीहरुले भने आक्रमक व्यवसाय विस्तार गरेका छन् ।

बीमा बजारमा दशकौंदेखि आफ्नो अधिपत्य जमाउँदै आएका कम्पनीहरुलाई पछि पार्दै नयाँ कम्पनीहरु अगाडि बढेका छन् । पाँच वर्षअघि सञ्चालनमा आएका कम्पनीहरुको व्यवसायमा नयाँ व्यवसायको हिस्सा आधाभन्दा बढी समेत छ ।

व्यवसाय विस्तारमा नयाँ व्यवसायको हिस्सा धेरै हुनेमा शीर्ष ६ कम्पनी सबै नयाँ जीवन बीमा कम्पनीहरु रहेका छन् । सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, ज्योति लाइफ, सिटिजन लाइफ, सानिमा लाइफ र महालक्ष्मी लाइफ इस्योरेन्स लिमिटेड रहेका छन् । पुराना जीवन बीमा कम्पनीको व्यवसाय वृद्धिदर भने भुत्तो देखिएको छ ।

नयाँ कम्पनीहरुको उपस्थिति रकमका आधारमा थोरै भएपनि पुराना कम्पनीहरुलाई टक्कर दिने किसिमले बढाउँदै अगाडि बढ्ने क्रममा देखिएका छन् । चालु आर्थिक वर्ष २ महिनाको तथ्याङ्कलाई हेर्दा रकमका आधारमा पनि नयाँ व्यवसाय गर्ने तेस्रो नम्बरमा सन् नेपाल लाइफ, चौथोमा सिटजन लाइफ, सातौंमा ज्योति लाइफ, आठौंमा रिलायबल लाइफ, दशौंमा युनियन लाइफ, बाह्रौंमा आइएमई लाइफ, चौधौंमा सानिमा लाइफ, रिलायन्स लाइफ पन्ध्रौं, महालक्ष्मी लाइफ सत्रौंमा र अठारौं स्थानमा प्रभु लाइफ देखिएको छ ।

जीवन बीमा कम्पनीद्धारा भदौ मसान्तसम्म संकलित कुल बीमाशुल्क संकलन (रू. लाखमा) 
कम्पनीको नाम प्रथम बीमा शुल्क
(रु.लाखमा)
कुल बीमाशुल्कमा प्रथम बीमाशुल्कको हिस्सा (%) नवीकरण बीमा शुल्क   (रु.लाखमा) कुल बीमा शुल्क
 (रु.लाखमा)
सन नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  3628.79 51.55 3411.00 7039.78
रिलायबल नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  2488.81 42.14 3417.26 5906.07
ज्योति लाइफ इस्योरेन्स लिमिटेड  2495.05 35.99 4437.45 6932.50
सिटिजन लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  3593.68 33.75 7055.05 10648.73
सानिमा लाइफ इस्योरेन्स लिमिटेड  1151.17 30.76 2590.81 3741.98
महालक्ष्मी लाइफ इस्योरेन्स लिमिटेड  845.97 30.29 1946.53 2792.50
सुर्या लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  2795.06 28.94 6863.35 9658.41
मेट लाइफ इस्योरेन्स 2160.11 23.25 7130.29 9290.40
आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  1338.79 21.18 4981.14 6319.93
एशियन लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  2429.15 19.97 9736.83 12165.98
प्रभु लाइफ इस्योरेन्स लिमिटेड  751.20 18.87 3229.24 3980.43
रिलायन्स लाइफ इस्योरेन्स लिमिटेड  994.76 18.82 4290.50 5285.26
नेशनल लाईफ इस्योरेन्स कम्पनी लिमिटेड  5649.97 17.49 26655.46 32305.44
युनियन लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  2356.10 16.82 11650.60 14006.70
प्राइम लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  1263.22 16.24 6517.39 7780.60
नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  9364.86 12.28 66892.59 76257.45
राष्ट्रिय बीमा संस्थान 985.82 11.75 7403.11 8388.92
लाइफ इस्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड 3347.56 10.47 28627.69 31975.26
गुराँस लाइफ इस्योरेन्स कम्पनी लिमिटेड  409.25 6.99 5441.85 5851.11
कुल 48049.32 18.46 212278.14 260327.45

दुई महिना अवधिमा जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्क विश्लेषण गर्दा पुराना कम्पनीहरुमा भन्दा नयाँ जीवन बीमा कम्पनीहरुमा प्रथम बीमाशुल्क हिस्सा धेरै रहेको पाइएको हो ।

समीक्षा अवधिमा सन् नेपाल लाइफले कुल संकलन गरेको बीमाशुल्कभन्दा आधाभन्दा बढी नयाँ व्यवसायबाट संकलन गरेको छ । यस अवधिमा कम्पनीले कुल ७० करोड ३९ लाख ७८ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा ३६ करोड २८ लाख ७९ हजार रुपैयाँ बराबरको प्रथम बीमाशुल्क रहेको छ । जुन कुल बीमाशुल्कको ५१.५५ प्रतिशत हो ।

यसैगरी नयाँ व्यवसाय विस्तारबाट प्राप्त हुने प्रथम बीमाशुल्कमा शीर्ष ६ कम्पनीमा सबै नयाँ जीवन बीमा कम्पनीको रुपमा स्थापित कम्पनीहरु देखिएका छन् । जसअनुसार रिलायबल लाइफ नेपालको कुल बीमाशुल्क संकलनमा प्रथम बीमाशुल्कको हिस्सा ४२.१४ प्रतिशत, ज्योति लाइफको ३५.९९, सिटिजन्स लाइफको ३३.७५, सानिमा लाइफको ३०.७६, महालक्ष्मी लाइफको ३०.२९ प्रतिशत रहेको छ ।

यस अवधिमा सुर्या लाइफको कुल बीमाशुल्क संकलनमा प्रथम बीमाशुल्कको हिस्सा २८.९४ प्रतिशत, मेट लाइफको २३.२५, आइएमई लाइफको २१.१८ प्रतिशत रहेको छ । यसैगरी एशियन लाइफको १९.९७, प्रभु लाइफ १८.८७, रिलायन्स लाइफ १८.८२, नेशनल लाइफ १७.४९, युनियन लाइफ १६.८२, प्राइम लाइफ १६.२४, नेपाल लाइफ १२.२८, राष्ट्रिय बीमा संस्थान ११.७५ र एलआईसी नेपालको १०.४७ प्रतिशत हिस्सा प्रथम बीमाशुल्कको रहेको छ ।

गुराँस लाइफ इन्स्योरेन्सको कुल बीमाशुल्क संकलनमा प्रथम बीमाशुल्कको हिस्सा सबैभन्दा कम रहेको छ । सो कम्पनीले भदौसम्म कुल ५८ करोड ५१ करोड ११ लाख कुल बीमाशुल्क संकलन गर्दा ४ करोड ९ लाख २५ हजार रुपैयाँ अर्थात प्रथम बीमाशुल्कको हिस्सा ६.९९ प्रतिशत मात्र छ । कम्पनीमा नवीकरणीय बीमाशुल्कको हिस्सा सबैभन्दा धेरै अर्थात ९३.०१ अर्थात ५४ करोड ४१ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

प्रथम बीमाशुल्क के हो ?

प्रथम बीमाशुल्क भनेको कम्पनीहरुले नयाँ ग्राहकहरुबाट संकलन गर्ने पहिलो प्रिमियम (एफपिआर) रकम हो । यसरी बीमा कम्पनीहरुले बिक्री गरेको सुरुवातको किस्ता वापत प्राप्त हुने रकम नै प्रथम बीमशुल्क हो ।

बीमा कम्पनीहरुमा ग्राहकले बीमालेख खरीद गर्दा सुरुमा पहिलो किस्ता वापतको प्रिमियम तिर्छन् भने थप प्रिमियम भने १ महिना ३ महिना, ६ महिना वा १ वर्षमा तिर्ने गरी खरीद गरेका हुन्छन् । बीमा कम्पनीहरुले दोस्रो वा सो भन्दा पछि संकलन गर्ने बीमाशुल्कलाई भने नबिकरण बीमाशुल्क भनिन्छ ।

यसरी पहिलो किस्ता (प्रथम बीमाशुल्क) वापत संकलन हुने प्रिमियम र नवीकरण बीमा वापत प्राप्त हुने प्रिमियम शुल्कलाई जीवन बीमा कम्पनीहरुको वित्तीय विवरणमा देखाउने तरिका फरक–फरक हुन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ आश्विन २०७९, बुधबार  १३ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।