क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध गरी आफ्नै केन्द्रीय बैंक डिजिटल करेन्सी (सिबीडिसी) विकास गरेको भारतले आज डिजिटल करेन्सीको पाइलट प्रोजेक्ट लन्च गर्ने भएको छ ।
केन्द्रीय बैंकले डिजिटल पाइलट प्रोजेक्ट होलसेल सेग्मेन्टमा लन्च गर्ने भएको हो । केन्द्रीय बैंक डिजिटल करेन्सी तथा विद्युतीय रुपैयाँको पाइलट प्रोजेक्ट दोस्रो बजारमा सरकारी धितोपत्र फस्र्यौट तथा कारोबारको लागि परीक्षणमा रहनेछ ।
विद्युतीय रुपैयाँको पाइलट भर्सन स्टेट बैंक अफ इन्डिया, बैंक अफ बरोडा, एचडीएफसी, एस बैंक, कोटाक महिन्द्रा बैंक, आइसीआइसिआई बैंकले दोस्रो बजारमा धितोपत्र फस्र्यौट गर्नका प्रयोग गर्ने छन् ।
भारतीय केन्द्रीय बैंकले केन्द्रीय बैंक डिजिटल मुद्रालाई वैधानिकता दिई जारी गरेको डिजिटल रुपैयाँको रुपमा परिभाषित गरेको छ । सामान्य भाषामा भन्नु पर्दा रुपैयाँको डिजिटल स्वरुप नै डिजिटल मुद्रा रहेको छ । 
मानिसहरुले डिजिटल करेन्सीलाई क्रिप्टोकरेन्सी मानिरहेका छन् । तर डिजिटल मुद्रा र क्रिप्टोकरेन्सीबीच धेरै भिन्नताहरु रहेका छन् ।
क्रिप्टोकरेन्सी केन्द्रीय बैंकको नियन्त्रणमा हुँदैन । अधिकांश देशहरुमा क्रिप्टोकरन्सीलाई केन्द्रीय बैंकहरुले प्रतिबन्ध लगाएका छन् । तर डिजिटल करेन्सी केन्द्रीय बैंकबाट नियन्त्रित हुन्छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया