भारतले इन्धनको मूल्य बढाएर पठाउँदा निगमको पाक्षिक नाफा १८ करोडमा झर्यो

0
Shares

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल, डिजेल तथा हवाई इन्धनको भाउ बढाएर पठाएको छ ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर ६१ पैसा, डिजेल ५ रुपैयाँ ७६ पैसा, मट्टितेल ४ रुपैयाँ एक पैसा र हवाई इन्धन ४ रुपैयाँ ७७ पैसा बढेर आएको छ । बढेर आएको मूल्य अनसार निगमलाई डिजेलमा प्रति लिटर १२ रुपैयाँ ३४ पैसा घाटा हुने जनाएको छ । एलपी ग्यासको मूल्य घटेर आउँदा पनि प्रति सिलिण्डर २२८ रुपैयाँ ८४ पैसा घाटा हुने निगमको भनाई छ ।

यस्तै पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने नाफालाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करीब १८ करोड नाफा हुने प्रक्षेपण गरेको छ। यसअघिको मूल्य अनुसार निगमलाई १५ दिनमा ३९ करोड नाफा थियो।

भारतबाट नयाँ मूल्य सूची आएपनि निगमले नेपालमा इन्धनको मूल्यमा परिवर्तन नुहने निगमले जनाएको छ । निगमका अनुसार नेपाल सरकार र आइओसीलाई गरेर ३९ अर्ब ११ करोड रकम अझै तिर्न बाँकी रहेको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तथा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्ने क्रममा रहेको तथा अमेरिकी डलरसँग नेपाली मुद्राको विनियम दर कमजोर हुँदै गएको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र ईण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं आन्तरिक ऋणको व्यवस्थापन गर्न निगमलाई अझैपनि चुनौतिपूर्ण अवस्था रहेको निगमको भनाई छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १७ कार्तिक २०७९, बिहिबार  १६ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।