उत्पादनमुलकमा ४ कम्पनीको लाभांश प्रस्ताव, शिवम् र एचडिएल बाँकी

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उत्पादन तथा प्रशोधनमुलक कम्पनीको रुपमा सूचीकृत ७ कम्पनीमध्ये चार कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ बाट सेयरधनीलाइ वितरण गर्ने लाभांश घोषणा गरेका छन् ।

नेप्सेका अनुसार युनिलिभर नेपाल लिमिटेड, बोटलर्स नेपाल तराई, बोटलर्स नेपाल लिमिटेड र नेपाल ल्यूब आयलले लाभांश प्रस्ताव गरेका हुन् । उत्पादनमुलकमा सूचीकृतमध्ये शिवम् सिमेन्टस् र हिमालयन डिष्टिलरीको लाभांश प्रस्ताव गर्न बाँकी रहेको छ । अर्को एक कम्पनी श्रीराम सुगर मिल्सले एक वर्ष अघि देखि नै स्थायी रुपमा बन्द गरेको सूचना प्रकाशन गरिसकेको छ ।

लाभांश प्रस्तावित कम्पनीहरुमा नेपाल ल्यूव आयाले असोज १४ गते बुकक्लोज गरिसकेकाले अब सेयर किन्नेले लाभांश पाउने छैनन् भने बाँकी सबैको सेयर खरिद गर्दा लाभांश पाइनेछ । युनिलिभर नेपालले पनि मंसिर ४ गते बुकक्लोज तोकेकाले बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म सेयरधनी कायमले लाभांश पाउनेछन् । साधारण सभा र बुकक्लोज मिति नतोकेका कम्पनीहरुको हकमा बुकक्लोजको अघिल्लो दिनसम्म कायम रहनेले पाउनेछन् ।

लाभांश प्रस्ताव गरेकामध्ये युनिलिभर नेपाल लिमिटेडले सर्वाधिक प्रतिसेयर १२१५ रुपैयाँ, बोटलर्स नेपाल तराईले ६० प्रतिशत, नेपाल ल्यूब आयलले ३० प्रतिशत र बोटलर्स नेपाल लिमिटेडले २० प्रतिशत लाभांश प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गर्न बाँकी रहेका शिवम् सिमेन्टसले अघिल्लो आवबाट चुक्ता पुँजीको २९ प्रतिशत नगद र हिमालयन डिष्टिलरीले चुक्ता पुँजीको ७५प्रतिशत बोनस र २५ प्रतिशत नगद गरी कुल १०० प्रतिशत लाभांश वितरण गरेको थियो ।

Sector- Manufacturing And Processing Stock Symbol Bonus Cash Total
Unilever Nepal Limited UNL 0.00 1215.00 1215.00
Bottlers Nepal (Terai) Limited BNT 0.00 60.00 60.00
Nepal Lube Oil Limited NLO 25.00 5.00 30.00
Bottlers Nepal (Balaju) Limited BNL 0.00 20.00 20.00
Shivam Cements Ltd SHIVM     ?
Himalayan Distillery Limited HDL     ?

 

दर्जन बढी कम्पनी सेयर बजारबाट बेपत्ता

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  उत्पादन तथा प्रशोधनमुलक कम्पनीको रुपमा सूचीकृत भएपनि एक दर्जन बढी कम्पनी सेयर बजारबाट बेपत्ता रहेका छन् । ती कम्पनीको नेप्सेमा नियमित कारोबार मात्र नहुने मात्र होइन कि बन्द अवस्थामा रहेकाले लगानीकर्ताले ती कम्पनीको कस्तो अवस्था छ भन्नेसम्म जानकारी पाउन सकेका छैनन् ।

नेप्सेका अनुसार ती कम्पनीहरुमा फ्ल्यूर हिमालयन लिमिटेड, नेपाल बिटुमिन एण्ड ब्यारेल उद्योग, ज्योति स्पिनिङ्ग मिल्स, गोरखकाली रबर उद्योग, नेपाल बनस्पति ध्यु उद्योग, बुटवल स्पिनिङ्ग मिल्स,  हरिसिद्धि इटाँ टायल लिमिटेड,  रघुपति जुट मिल्स, भृकुटी पल्प एण्ड पेपर लिमिटेड, अरुण बनस्पति उद्योग लिमिटेड र विराट शू लगायतका कम्पनीहरू रहेका छन् ।

सेयर बजारबाट बेपत्ता भएका कम्पनीमध्ये कतिपय कम्पनीहरु सञ्चालनमा रहेपनि ती कम्पनीहरुले पब्लिक कम्पनीको रुपमा प्रकाशन गर्नुपर्ने वित्तीय विवरण लगायतका अन्य जानकारीहरु समेत सार्वजनिक जानकारीमा ल्याउने गरेका छैनन् । कतिपय कम्पनी बन्द भएर अस्तित्वमा नै संकटकाे अवस्थामा पुगिसकेका छन् । अस्तित्वमा रहेका पनि नेप्सेमा वर्षौदेखि नवीकरण शुल्क नबुझाएर ती कम्पनी बेखबर समेत छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० कार्तिक २०७९, आइतबार  १८ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।