राजस्व चुहावट गर्ने दुई जना विरुद्ध ४५ करोड मागदाबी सहित मुद्दा दायर

0
Shares

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गर्ने दुई जना विरुद्ध ४५ करोड बढीको मागदाबी सहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले सर्लाही स्थायी ठेगाना भई काठमाडौं १४ रहेको अंकुश सप्लायर्स एण्ड ट्रेडर्स प्रोपराइटर विष्णु कुमार महतो र भवानीपुर ८ स्थायी ठेगाना भएका युनिक ट्रेडर्स एण्ड ईन्टरप्राइजेजका प्रोपराइटर आत्मराम पासवन विरुद्ध मुद्दा दायर गरेको हो ।

अंकुश सप्लायर्स एण्ड ट्रेडर्स र युनिक ट्रेडर्स एण्ड ईन्टरप्राइजेजका प्रोपाईटरहरुले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी प्रचलित आयकर ऐन, २०५८ तथा मुल्य अभिवृद्धि कर ऐन, २०५२ तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको विभागको ठहर छ ।

उनीहरुले ५ करोड ४१ लाख ५९ हजार २९ रुपैयाँ मुल्य अभिवृद्धि कर तथा १७ करोड २२ लाख २१ हजार ९९४ रुपैयाँ आयकरगरी कुल २२ करोड ६३ लाख ८१ हजार २३ रुपैयाँ राजस्व चुहावट गरेको जनाएको छ ।

उनीहरु विरुद्ध २२ करोड ६३ लाख ८१ हजार २३ रुपैयाँ बिगो कायम ४५ करोड २७ लाख ६२ हजार ४६ रुपैयाँ सजायको माग दबी गरी हैदैसम्मको कैद र व्याज समेत असूल गर्न उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरेको विभागले जनाएको छ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ कार्तिक २०७९, सोमबार  १४ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।