चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको शोधनान्तर स्थिति (देशबाट बाहिरिने र भित्रिने रकमको अन्तर) १२ अर्ब ४३ करोडले बचतमा पुगेको छ ।
अघिल्लो आवको सोही अवधिमा शोधनान्तर स्थिति ८७ अर्ब ७१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति साढे १२ अर्ब बचतमा पुगेको हो । यसअघि भदौमा पनि शोधनान्तर स्थिति २३ अर्ब ६८ करोड घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७४ करोड १२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ९ करोड १८ लाखले बचतमा पुगेको छ । गत भदौमा १८ करोड ५९ लाख डलर घाटामा रहेको थियो ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकासन गरेको आर्थिक वर्ष २०७९/८० को दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा शोधनान्तर स्थिति र चालु खाता घाटामा सुधार देखिएको हो ।
समीक्षा अवधिमा चालु खाता ३४ अर्ब २८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४९ अर्ब ८१ करोडले घाटामा रहेको थियो । गत भदौसम्म ३७ अर्ब १८ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २६ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २७ करोडले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३४.८ प्रतिशतले वृद्धि भई २ अर्ब ५९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ करोड प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब ९२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ७ करोड रहेको थियो ।
सरकारले विगत ७ महिनादेखि सवारीसाधन, मदिरा, मोबाइल लगायतका केही वस्तुहरुको आयातमा लगाएको थियो भने अझै पनि चार प्रकारका बव्तु आयातको प्रतिबन्ध कायम नै रहेको छ । सोही प्रतिबन्धको सकारात्मक असरका कारण र चालु आर्थिक वर्षको असोज मसान्तसम्म आउँदा रेमिट्यान्स रकम बढोत्तरी कायम नै रहँदा नेपालको शोधनान्तर स्थिति सकारात्मक देखिएको हो । विदेशमा काम गर्ने नेपालीले असोजमा पनि ९४ अर्ब बढी रेमिट्यान्स पठाएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया