शाखारहित बैंकिङ्ग सेवा मार्फत कारोबार गर्दा के कस्ता सावधानी अपनाउने ?

0
Shares

नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच विस्तार गर्ने बैंक/वित्तीय संस्थालाई शाखारहित बैंकिङ अर्थात एजेन्ट मार्फत सेवा प्रदान गर्न सकिने व्यवस्था ग्रयो । सोही व्यवस्था बमोजिम अधिकासं बैंक वित्तीय संस्थाले ग्रामीण भेगमा यस्तो सेवा सुरु गरे ।

तर, पछिल्लो समयमा शाखा रहित बैंकिङ सेवा लिने दिने क्रममा भएका कमी कमजोरीका कारण सर्वसाधारण ठगिन थाले । सर्वसाधारणलाई शाखा रहित बैंकिङ सेवा प्रदान गर्ने बैंकहरुका ऐजेन्टले जिम्मेबारीको दुरुपयोग गरेपछि बाहिर आएका वित्तीय अपराधलाई नियन्त्रण गर्नका लागि सर्वसाधारणलाई पनि उत्तिकै सचेत हुन नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ ।

शाखा रहित बैंकिङमा देखिएका केही उदाहरणलाई देखाउदै केन्द्रीय बैंकले सर्वसाधारणलाई सचेत हुन, कारोबार गरेको विवरण एकिन गर्न लगायतका सुझावहरु दिएको छ । बैंकले सर्वसाधारणलाई शाखा रहित बैंकिङ सेवा मार्फत कारोबार गरिरहेका मानिसहरुले बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधि मार्फत मात्र तोकिएको सेवा केन्द्रमा गई कारोबार गर्न अनुरोध गरेको छ । सेवाग्राहीले कुनै पनि कारोबार गर्दा विद्युतीय उपकरण मार्फत भुक्तानी तथा निक्षेप जम्मा गर्न समेत केन्द्रीय बैंकले सुझाएको छ ।

त्यसैगरी कुनै पनि कारोबार गरिसकेपछि विद्युतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप अनिवार्य रुपमा लिई आफूले गरेको कारोवार बमोजिम भए नभएको एकीन गर्नुपर्दछ । शाखारहित बैंकिङ्ग कारोबारमार्फत रकम जम्मा गर्दा, ऋणको किस्ता तिर्दा अथवा रकम झिक्दा आफूले कारोवार गरे बमोजिम भएको वा नभएको थाहा पाउनु पर्दछ । व्यक्तिगत सम्बन्धको आधारमा कसैलाई बैंकमा रकम जम्मा गर्न दिएको भए त्यस्तो रकम सम्बन्धित खातामा जम्मा भए नभएको एकीन गनृू पर्ने केन्द्रीय बैंकको सुझाव छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ मंसिर २०७९, बुधबार  १४ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।