तेह्र बैंकले लाभांश घोषणा गर्दा कुन कुन छन् घोषणा गर्न बाँकी ?

0
Shares

सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरुमध्ये आधा अर्थात १३ बैंकले गत आर्थिक वर्ष २०७८/७९ बाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका छन् ।अब १३ बैंकको घोषणा हुन बाँकी छ ।

लाभांश घोषणा हुन बाँकी बैंकहरुमा नबिल बैंक, एनआईसी एशिया, हिमालयन, एनएमबि बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल, नेपाल बैंक, माछापुच्छ्रे, लक्ष्मी, सनराइज बैंक, सिभिल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । राष्ट्रिय वाणिज्य बाहेक सबै नेप्सेमा सूचीकृत छन् ।

हालसम्म बैंक अफ काठमाण्डू, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड, ग्लोबल आईएमई, कुमारी, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट, सानिमा, नेपाल एसबिआई, सिटिजन्स, प्रभु, मेगा र सेञ्चुरी बैंकले लाभांश घोषणा गरिसकेका छन् । यस्तो छ बैंकहरुको घोषित लाभांशः–

Sector- Commercial Banks Stock Symbol Bonus Cash Total
Bank of Kathmandu Ltd. BOKL 6.00 14.95 20.95
Everest Bank Limited EBL 13.00 7.68 20.68
Standard Chartered Bank Limited SCB 0.00 16.51 16.51
Global IME Bank Limited GBIME 3.00 10.60 13.60
Kumari Bank Limited KBL 0.00 12.50 12.50
Nepal Credit And Commercial Bank  NCCB 3.37 7.63 11.00
Nepal Investment Bank Limited NIB 4.00 7.00 11.00
Sanima Bank Limited SANIMA 10.00 0.98 10.98
Nepal SBI Bank Limited SBI 3.00 7.53 10.53
Citizen Bank International Limited CZBIL 0.00 9.00 9.00
Prabhu Bank Limited PRVU 6.50 1.50 8.00
Mega Bank Nepal Ltd. MEGA 4.00 3.83 7.83
Century Commercial Bank Ltd. CCBL 4.75 0.25 5.00

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ मंसिर २०७९, शनिबार  १७ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।