नेपाल दुरसञ्चार प्राधिकरणले ग्रामिण दुरसञ्चार विकास कोषको रकम परिचालन गरि सञ्चालन गरेको ब्रोडव्याण्ड इन्टरनेट जडान कार्य शतप्रतिशत सम्पन्न भएको जनाएको छ ।
गत कार्तिक महिनासम्मको प्रतिवेदन अनुसार प्राधिकरणले १८ वटा प्याकेज मार्फत ७४ वटा जिल्लामा इन्टरनेट जडानको कार्य सकाएको दाबी गरेको छ । सम्पन्न भएका परियोजनाहरुमध्ये हालसम्म १० वटा परियोजनाको मनिटरिङ तथा भेरिफिकेशनको कार्य समेत सम्पन्न भै सकेको छ । बाँकी आठ वटा परियोजनाको फेज थर्ड अन्र्तगतको मनिटरिङ तथा भेरिफिकेशनको कार्य बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
परियोजना अन्र्तगत प्राधिकरणले ७०८ स्थानिय निकायको कार्यालय, पाँच हजार ९३३ वडा कार्यालय, पाँच हजार ३१८ माध्यमिक विद्यालय, चार हजार २४९ स्वास्थ्य संस्थामा इन्टरनेट जडान गरि सकिएको जनाएको छ । त्यस्तै कोषकै रकम परिचालन गरी प्राधिकरणले मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमूकाम जोड्ने सूचना महामार्ग परियोजना समेत सञ्चालन गरेको छ । सो परियोजनालाई प्राधिकरणले तीन वटा प्याकेजमा वितरण गरेको छ ।
पहिलो प्याकेज अन्र्तगत प्रदेश नम्बर एक, दुई र बाग्मती प्रदेश छन् । सो प्याकेजका लागि प्राधिकरणले नेपाल दूरसञ्चार कम्पनीसँग दुई बर्ष भित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । गत कार्तिक महिनासम्ममा एक हजार ३२६ किलोमिटर अप्टिकल फाईबर विछ्याउने कार्य मात्रै सकिएको प्राधिकरणले जनाएको छ । त्यस्तै, २७ वटा डिडब्लुडिएम सिस्टम हरुको जडान भइ क्लस्टर एक को सम्पूर्ण १३ साईटहरुको मिग्रेसन सम्पन्न भै सकेको छ ।

दोस्रो प्याकेज अन्र्तगत गण्डकी प्रदेश र लुम्बिनी प्रदेश परेका छन् । सो प्याकेजको लागि प्राधिकरणले युनाइटेड टेलिकमले दुई बर्ष भित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर, तोकिएको अवधिसम्ममा कम्पनीको कार्यको प्रगति शुन्य भए पछि प्राधिकरणले सम्झौता रद्ध गरिदिएको थियो । तर, कम्पनी सो निर्णय बदर गर्नका लागि सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको थियो र सो बिषयमा सर्वोच्च अदालतबाट उक्त रिट निवेदनको टुङ्गो नलगोसम्म अवधी नगर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश भएको छ । फलस्वरुप सो प्याकेजको काम अगाडी बढ्न सकेको छैन ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश प्योकज नम्बर तीनमा परेका छन् । सो प्याकेजका लागि पनि प्राधिकरणले नेपाल दूरसञ्चार कम्पनीसँग दुई बर्षभित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता भएकोमा निजबाट हालसम्म ३३० किलोमिटर एडिएसएस जडान कार्य सम्पन्न भएको छ । हाई क्यापसिटी डिडब्लुडिएम उपकरण अन्तर्गत २६ मध्ये २३ वटा स्थानहरुमा जडान सम्पन्न भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया