सहकारी संस्थाको सन्दर्भ ब्याजदर परिमार्जनका लागि सहकारी विभाग छलफलमा जुटेको छ । राष्ट्रिय सहकारी महासंघको दबाबपछि सन्दर्भ ब्याजदर प्राविधिक उप समितिको बैठक बसी छलफल भइ रहेको विभागले जनाएको छ ।
उप समितिले अर्थमन्त्रालयको तथ्यांक, केन्द्रिय बैंकको तथ्यांक तथा विभिन्न सरकारी प्रतिवेदनको अध्ययन गरी सन्दर्भ ब्याजदर परिमार्जन गर्ने तयारी गरेको छ । हाल बैंक तथा वित्तीय संस्थाले कर्जामा १८ प्रतिशत ब्याज लिएका छन् । निक्षेपमा भने ११ प्रतिशतसम्म ब्याज दिएका छन् । तर, विभागले तोके बमोजिम सहकारी संस्थाले भने कर्जामा १६ र निक्षेपमा औसतमा १० प्रतिशत ब्याज दिँदै आएका छन् ।
सहकारी भन्दा पनि बैंक तथा वित्तीय संस्थाको ब्याजदर अधिक भए पनि निक्षेपकर्ताले सहकारीको रकम निकाल्दै बैंक तथा वित्तीय संस्थामा जम्मा गर्न थालेको महासंघले गुनासो गरेको छ ।
यस्तो परिस्थितमा रहि रहेमा सहकारी संस्था संकटमा पर्ने भन्दै महासंघले सन्दर्भ ब्याजदर वृद्धि गर्न विभागलाई ताकेता गरेको थियो । विभागले सहकारी ब्याजदर १९ प्रतिशत पुर्याउन माग गर्दै आएका छन् । 
सहकारी संस्था आफखुशी ब्याज असुल्न थालेपछि सहकारी ऐन २०७४ मा सन्दर्भ ब्याजदर तोकिने व्यवस्था गरिएको थियो ।
सहकारी नियमावली २०७५ बमोजिम विभागले २०७५ सालमा नै पहिलो पटक सन्दर्भ ब्याजदर कायम गरेको थियो । सो समयमा विभागले १४.७५ प्रतिशत सन्दर्भ ब्याजदर तोकेको थियो ।
त्यस्तै, गत फागुनमा विभागले ब्याजदर वृद्धि गरी १६ प्रतिशत पुर्याएको थियो । तर, अहिलेको बजारको अवस्थाले १६ प्रतिशत पनि सहकारी लागि कम हुने भन्दै महासंघको ब्याजदर वृद्धि गर्न दबाब दिँदै आएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया