वैदेशिक रोजगारीका लागि हालसम्म ४७ लाख कामदारले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृती लएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विश्व आप्रवासन कामदार दिवसको अवसरमा आइतबार सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन रिपोर्ट २०२२ को प्रतिवेदन अनुसार सन् २००८/९ देखि सन् २०२१/२२ को अवधिसम्ममा सो संख्याका कामदारले श्रम स्वीकृति लिएको अध्ययन प्रतिवेदनले देखाएको हो ।
प्रतिवेदन अनुसार सन् २०२१/२२ मा मात्रै ३ लाख ४६ हजार १८९ जना कामदारले विभागबाट श्रम स्वीकृत पाएका छन् । जसमध्ये महिलाको संख्या ३२ हजार १५२ छ भने पुरुष कामदारको संख्या तीन लाख १४ हजार ३७ हजार रहेको छन् ।
त्यस्तै, सन् २०२०/२१ मा ७२ हजार ७२ जनाले वैदेशिक रोजगारीका लागि श्रम विभागबाट स्वीकृति लिएका छन् । जसमध्ये महिलाको संख्या सात हजार १७८ छ भने पुरुष कामदारको संख्या ६४ हजार ९४ रहेको छ । २०१९/२० मा एक लाख ९० जार ३९३ ले श्रम स्वीकृति लिएका छन् । जसमध्ये १८ हजार २०२ महिला कामदार छन् भने एक लाख ७२ हजार १९१ पुरुष कामदार रहेका छन् ।
रिपोर्ट अनुसार विगत तीन बर्षको अवधिमा ११ लाख ६५ हजार १५१ ले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका छन् । जसमध्ये मधेश प्रदेशका दुई लाख ४९ हजार १४० जनाले श्रम स्वीकृति लिएर रोजगारीमा गए । प्रदेश नम्बर दुईका दुई लाख ९८ हजार ५६१ ले श्रम स्वीकृति लिएर गए । बाग्मती प्रदेशका एक लाख ७२ हजार ७५८, गण्डकी प्रदेशका एक लाख ८० हजार ४० जनाले, लुम्बिनी प्रदेशका दुई लाख ३ हजार ५७१, कर्णाली प्रदेशका ३३ हजार ४ र सदुरपश्चिम प्रदेशका २८ हजार ७७ कामदारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया