महँगो व्याजदर र चालु पुँजी कर्जा मार्गदर्शनको विरूद्ध आन्दोलनरत व्यवसायीले तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । व्यवसायीले पुस २७ गतेसम्मका लागि अन्दोलन स्थगित गरेका हुन ।
बुधबार अर्थ मन्त्रालयमा अर्थमन्त्री र गभर्नरसंग बार्ता गरेका व्यवसायीले आन्दोलन रोक्ने निर्णय गरेका हुन । अर्थमन्त्री विष्णु पौडेलबाट माग सम्बोधन गर्ने आश्वासन पाएपछि व्यवसायीहरुले आन्दोलन रोकेका हुन । सरकारले पुस २७ गतेसम्म आवश्यक सम्बोधन नगरेको खण्डमा उनीहरुले त्यसपछि पुनः आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने समेत जनाएका छन।
अर्थमन्त्री विष्णु पौडेलले वार्ताका लागि व्यवसायीलाई बोलाएपछि राष्ट्र बैंक विराटनगर अगाडि सुरू गरेको अनसन स्थगीत गर्दै मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र सीएनआईको प्रदेश नम्बर १ का प्रतिनिधि बर्ताका लागि राजधानी आएका थिए।
व्यवसायीले ऋणको व्याजदर १० प्रतिशतभन्दा कम हुनुपर्ने र ऋणको नविकरण शुल्क पनि घटाउनु पर्ने तथा चालु पुँजी कर्जा अहिलेको आवश्यकता नभएको लगायत एजेण्डा राखेका थिए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया