निर्माण क्षेत्रमा मन्दी छाएका कारण अधिकांश स्टील तथा सिमेन्ट उद्योगहरुको आम्दानी घट्दै गएको छ ।
यसैबीच विशाल ग्रुपद्धारा सञ्चालित कमला रोलिङ मिल्सको आम्दानीमा २ प्रतिशतको गिरावट आएको छ । सन् २०२१ मा २ अर्ब ७६ करोड २० लाख आम्दानी गरेको कमला रोलिङ मिल्सको आम्दानी सन् २०२२ मा २ अर्ब ७१ करोड कायम भएको छ ।
कम्पनीको सञ्चालन आम्दानीमा गिरावट आएसँगै अरु वित्तीय सूचकहरु पनि कमजोर देखिएका छन् । डिप्रिसियसन, अर्मोटाइजेसन, ब्याज र कर अघिको नाफा कुल सञ्चालन आम्दानीको ७.५२ प्रतिशत रहेको छ । यस अघि सो नाफा सञ्चालन आम्दानीको ९.४८ प्रतिशत थियो ।
यसैगरी कम्पनीका सेयर होल्डरहरुको सेयर र कर्जाको अनुपात ०.०६ रहेको छ । यस्तै कर्जाको ब्याज भुक्तानी गर्ने क्षमता कुल कर्जाको ३.८१ गुणा रहेको छ जुन यसअघि १५.२८ गुणा थियो ।
कच्चा पादर्थको मूल्यमा भएको वृद्धि, अन्तराष्ट्रिय बजारमा कमजोर प्रर्दशन गरिरहेको नेपाली रुपैयाँ, निर्माण क्षेत्रमा छाएको मन्दी, स्टील उद्योगहरुबीचको चर्को प्रतिस्पर्धाका कारण कम्पनीको आम्दानीमा गिरावट आएको हो ।
सन् १९९१ मा स्थापना भएको कमला रोलिङ मिल्सले टीएमटी छड, सटर स्प्रीङ, ग्याल्भनाइज्ड वायर, र्बाब्ड वायर लागयतका सामाग्रीहरुको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले कामना गोल्डको ब्रान्ड नामबाट टिएमटी छडको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

वार्षिक रुपमा ८० हजार मेट्रिक टन उत्पादन गर्ने क्षमता कम्पनीको रहेको छ । कम्पनीले वार्षिक रुपमा ६० हजार मेट्रिक टन बराबरको रोलिङ मिल्स र २० हजार मेट्रिक टन वायर उत्पादन गर्ने क्षमता रहेको छ । उद्योग तथा ट्रृडिङ व्यवसायमा लामो समयसम्मको अनुभव बटुलेका जग्दीश प्रसाद अग्रवाल कम्पनीका अध्यक्ष रहेका छन् भने निकुन्ज अग्रवाल कम्पनीका प्रबन्ध निर्देशक हुन्।
२ अर्ब ५२ करोड ६० लाख बराबरको अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले ए३ रेटिङ गरेको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया