लक्ष्मी र सनराइज बैंकबीच मर्जर सम्झौता, डीडीए पश्चात स्वाप तय गरिने

0
Shares

लक्ष्मी र सनराइज बैंकबीच एक आपसमा मर्जरमा जानका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

मर्जर सम्झौतामा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल तथा संचालक दिनेश पौड्याल र सनराइजका तर्फबाट अध्यक्ष मोतीलाल दुगड र संचालक शारदा शर्माले हस्ताक्षर गरेका हुन ।

लक्ष्मी र सनराइज बैंक प्रारम्भिक १ः१ अनुपातको स्वाप रेसियोमा मर्जरमा जाने भनिएपनि डिडिएपछि मात्र स्वाप तय गरिने सम्झौता भएको छ । आगामी असारभित्र एकीकृत कारोबार थाल्नेगरी मर्जर सम्झौता सम्पन्न भएको हो ।

मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत र अध्यक्ष लक्ष्मी बैंकले लिने मौखिक सहमति भएको छ । बैंकको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड रहने भएको छ ।

 

मर्जर प्रक्रिया अगाडि बढाउनका लागि एक संयुक्त मर्जर समितिको गठन समेत गरिएको छ । संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरु डा. मनिष थापा र स्वति रुङ्गटा तथा सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल रहेका छन् ।

दुबै बैंकको विस्तृत ड्यु डिलिजेन्स अडिटका लागि लेखापरिक्षकको नियुक्ति पनि गरिने सहमति भएको छ । नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएपछि औपचारिक रुपमा मर्जर प्रक्रिया सुरु हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।