व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छः पूर्व गर्भनर नेपाल

0
Shares

देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा सरोकारबालाहरुले जोड दिएका छन ।

आईतवार पोखरामा आयोजित लथालिङ्ग अर्थतन्त्र कहाँसम्म कहिलेसम्म विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सरकार र नीति निर्माताहरुले तत्काल ध्यान दिनुपर्ने बताएका हुन्।

कार्यक्रममा पूर्व गर्भनर डा चिरन्जीवी नेपालले सरकारमा बस्नेहरुले ध्यान नदिँदा अर्थतन्त्रको अवस्था यस्तो भएको बताए। उनले यसको लागि नीतिगत सुधार गर्नुपर्ने बताए।

‘मैले धेरैपटक नियामक र नीतिगत तहमा भएकाहरु सिरियस भएको जस्तो देखिँदैन्। अझै सरकार सुधार गर्न सचेत छैन्,‘ पूर्व गर्भनर नेपालले भने।

उनले मौद्रिक नीतिमार्फत सरकारले अर्थतन्त्रलाई सुधार गर्नुपर्ने भन्दै मौद्रिक नीति राम्रो नभएसम्म सुधार हुन नसक्ने बताए।

पूर्वगर्भनर नेपालले सबैले चाहेमा अर्थतन्त्रमात्र नभई देश नै सुधार हुनसक्ने भन्दै त्यसको लागि संकल्पका साथ अगाडि आउनुपर्नेमा जोड दिए। व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्नेमा उनले जिकिर गरे।

‘व्यापार व्यवसाय उत्थानका सप्लिमेन्ट बजेट ल्याएर राहत दिनुपर्छ। अहिले बैंकमा अधिक ब्याज हुँदा रकम लिन नचाहेको हुँदा यसमा ध्यान दिनुपर्नेछ,‘ पूर्वगर्भनरले भने, ‘अहिले पैसा बाहिर बाहिर नै छ । त्यसलाई च्यानलमा ल्याउन पनि सप्लिमेन्ट्रि बजेट ल्याउनुको विकल्प छैन्। यो सत्य हो।‘

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।