मुक्तिनाथ कृषिको आईपीओ बिहीबारदेखि दोस्रो बजारमा कारोबार खुल्दै

0
Shares

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मङ्सिर २८ गते बिहीबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्ने भएको छ ।

कम्पनीले मङ्सिर २७ गते बुधबार अंकित तथा चुक्ता मूल्य १०० रुपैयाँ ७० लाख साधारण सेयर नेप्सेमा सूचीकरण गर्ने सम्झौता गरेसँगै कम्पनीको आईपीओ बिहीबारदेखि नेप्से मार्फत कारोबारमा आउने भएको हो ।

नेप्सेको मङ्सिर २६ गतेको निर्णयानुसार कम्पनीले सर्वसाधारण लगानीकर्तामा २० प्रतिशत (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) १४ लाख कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ८० प्रतिशतले हुन आउने ५६ लाख कित्ता धितोपत्र समेत गरी कुल ७० लाख कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण गरिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेप्सेमा सम्बन्धित कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार सुरु हुने व्यवस्था छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडबीच भएको सम्झौता अनुसार कम्पनीको धितोपत्र एमकेसीएल (MKCL) कारोबार संकेतमा खरिद बिक्रीमा आउनेछ ।

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ दोस्रो बजारमा कतिमा खुल्ला ?

कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत मङ्सिर ८ देखि सर्वसाधारण समक्ष साधारण सेयर बिक्री खुल्ला गरेको थियो । कम्पनीको प्रधान कार्यालय काठमाडौं जिल्ला, बसुन्धारा रहेको छ भने सूचीकरण पश्चात् दिनुपर्ने आरटिएस सेवा मुक्तिनाथ क्यापिटल लिमिटेड नक्साल, काठमाडौंबाट हुनेछ ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले मङ्सिर ८ देखि १२ गतेसम्म अंकित मूल्यमा ११ लाख ४८ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो । मङ्सिर १९ गते मंगलबार बाँडफाँड भएको कम्पनीको आईपीओ गोलाप्रथाबाट १ लाख १४ हजार ८०० जना आवेदकले १० कित्ताका दरले पाएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।