नेपालका ठूला व्यापारिक घराना अम्बे ग्रुप, हुलास ग्रुप, शङकर ग्रुपको संयुक्त लगानी रहेको शौर्य सिमेन्टको वार्षिक आम्दानीमा आकर्षक वृद्धि देखिएको छ ।
सन् २०२१ मा २ अर्ब ६३ करोड १० लाख परिष्कृत आम्दानी गरेको शौर्य सिमेन्टको आम्दानी सन् २०२२ मा ७ अर्ब ४३ करोड पुगेको हो । गत वर्षको तुलनामा उद्योगको आम्दानी ४ अर्ब ७९ करोड ९० लाखले वृद्धि भएको छ ।
आम्दानीमा सुधार आएसँगै उद्योगका अन्य वित्तीय सूचांकहरु पनि बलियो रहेका छन् । डिप्रिसियसन, अर्मोटाइजेसन, ब्याज र कर अघिको उद्योगको नाफा कुल सञ्चालन आम्दानीको २९.१६ प्रतिशत रहेको छ । यसैगरी उद्योगका सेयरधनीहरुको सेयर र कम्पनीले लिएको कर्जाको अनुपात ३.७८ रहेको छ ।
सन् २०१७ मा स्थापना भएको शौर्य सिमेन्ट उद्योगमा शङ्कर ग्रुप, हुलास ग्रुप र अम्बे ग्ुपको लगानी रहेको छ । नेपालका शीर्ष व्यापारिक घरानाहरु नै उद्योगका प्रमोटर हुँदा उद्योगलाई प्राविधिक सहयोग मिल्नुका साथै वित्तीय सहयोग पनि मिलेको छ । सुलभ अग्रवाल उद्योगका अध्यक्ष रहेका छन् ।
सिराहा जिल्लाको मिरचैयामा रहेको उद्योगको उत्पादन क्षमता प्रति दिन ३ हजार मेट्रिक टन रहेको छ । शौर्य सिमेन्टको आफ्नै चुनढुङ्गा खानी रहेको छ । जसकारण उद्योग निरन्तर रुपमा सञ्चालनमा आइरहेको छ । पूर्व पश्चिम राजमार्गमा उद्योग सञ्चालनमा आएका कारण ढुवानी र आपूर्तिमा उद्योगलाई सहज भएको छ ।
तथापि सिमेन्ट उद्योगहरु बीचको उच्च प्रतिस्पर्धा, निर्माण क्षेत्रमा छाएको मन्दीका कारण आगामी समयमा आम्दानीमा कमी आउने देखिन्छ ।
१५ अर्ब १५ करोड दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि उद्योगले रेटिङ गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले दीर्घकालीन कर्जाका लागि ट्रिपल बी माइन्स र अल्पकालीन कर्जाका लागि ए३ रेटिङ गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया