हुलास ब्रान्डको नामबाट विभिन्न खाद्य सामाग्रीहरुको उत्पादन तथा बिक्री वितरण गर्दै आएको भुदियो खाद्य उद्योगको आम्दानीमा सन् २०२२ मा सामान्य वृद्धि भएको छ ।
सन् २०२१ मा ८ करोड २६ लाख आम्दानी गरेको भुदियो खाद्य उद्योगले सन् २०२२मा ९ करोड २२ लाख आम्दानी गरेको छ । गत वर्षको तुलनामा यो वर्षको सञ्चालन आम्दानी ११.६२ प्रतिशतले वृद्धि भएको छ ।
हुलास ब्रान्डनामबाट कम्पनीले सूजी, चामल, आटा, जीरा र विभिन्न दालहरुको बिक्री वितरण गर्दै आएको छ । नेपाली भान्साका लागि अत्यावश्यक पर्ने सामाग्रीहरुको उत्पादन गरिरहेको भुदियो खाद्य उद्योगका सामाग्रीहरुको माग बजारमा यथावत नै रहेका कारण कम्पनीको आम्दानीमा वृद्धि भएको द्ध ।
सन् २००१ मा स्थापना भएको कम्पनीमा गोल्छा ग्रुपका लाक्मान्य गोल्छाको स्वामित्व रहेको छ । गोल्छा ग्रुप कम्पनीको प्रमोटर रहेको छ । लाक्मान्य गोल्छा नै कम्पनीका अध्यक्ष रहेका छन् ।
सीमा नाका देखि निकट सिराहाको लालबन्दीमा उद्योग अवस्थित रहेका कारण कम्पनीलाई कच्चा पदार्थको आयात र ढुवानीमा सहजता भएको छ । उद्योगको उत्पादन क्षमता १९ हजार ८०० मेट्रिक टन प्रतिवर्ष रहेको छ ।
चामल, गहुँ तथा दालको उत्पादन बाह्र महिना नहुने हुँदा कम्पनी इन्भेन्टोरीमा निर्भर रहेको छ । मौसमी उत्पादनका कारण कच्चा पदार्थको मूल्यमा भिन्नता आउने गरेको छ । त्यस्तै खाद्य उद्योगहरुबीचको बढ्दो प्रतिस्पर्धा, कच्चा पदार्थको मूल्यमा भएको वृद्धि, बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउँदा त्यसको प्रभाव कम्पनीको आम्दानीमा परेको छ ।
एक अर्ब ६० करोड अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयरएज नेपालले दीर्घकालीन कर्जाका लागि बी प्लस र अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया