चालु आर्थिक बर्ष २०७९/८० को कार्तिक महिनामा ८ हजार ६९९ वटा कम्पनी दर्ता भएका छन् ।
अर्थमन्त्रालयको तथ्यांक अनुसार यो संख्या अघिल्लो आवको सोही अवधिको तुलनामा करिब ३० प्रतिशत भन्दा बढीले कम हो । अघिल्लो आवको सोही अवधिमा १२ हजार ४८१ कम्पनी दर्ता भएका थिए । अघिल्लो बर्ष कोभिडको प्रभाव कम भएपछि कम्पनी दर्ताको संख्या ह्वातै बढेको थियो ।
आव २०७५/७६ मा नौ हजार २१० कम्पनी दर्ता भएका थिए । आव २०७६/७७ मा आठ हजार ९४३, आव २०७७/७८ मा नौ हजार ४९६ कम्पनी दर्ता भएको मन्त्रालयको तथ्यांक छ ।
त्यस्तै, चालु आवको कार्तिक महिनासम्ममा स्थायी लेखा नम्बर लिने करदाताको संख्या ५० लाख ८२ हजार पुगेको छ । यस अवधिमा दर्ता भएका कुल करदातामध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता ३२ लाख ४२ हजार ६४० रहेको छ ।
त्यस्तै, व्यवसायिक स्थायी लेखा नम्बर लिने १८ लाख १७ हजार ३४२ पुगेका छन् भने करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर २२ हजार ६६ पगेको छ ।
कार्तिकसम्ममा मूल्य अभिवृद्धि करमा तीन लाख ४०१ र अन्त: शुल्कमा एक लाख १७ हजार ६३९ करदाता दर्ता भएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया