क्रिप्टोकरेन्सी तथा अनलाईन मार्केटिङका वेवसाइट तथा एप्लिकेशन बन्द गर्न आईस्पानलाई एनटिएको निर्देशन

0
Shares

नेपाल दुरसञ्चार प्राधिकरणले अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किगं, अनलाइन जुवा लगायतका वेवसाइट तथा एप्लिकेशन बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

प्राधिरकणले आइतबार निर्देशन जारी गर्दे नेपाल भित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी त्यस्तो वेवसाइट, एप वा अनलाइन सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न निर्देशन दिएको छ । प्राधिकरणको निर्देशन पालना नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारवाही गरिने प्राधिकरणले जनाएको छ ।

नेपालको मौद्रिक उपकरणको रुपमा कानुनी मान्यता नदिएको भर्चुल करेन्सी र नेवटर्किगं मार्केटिगं लगायतका डिजिटल प्रविधिको प्रयोग गरी विटक्वाइन, हाइपर नेवर्किगं, अनलाइन जुवा लगायतका गैर कानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्ब्न्धित वेवसाइट, एप्लिकेशन अनलाइन सन्जाल लगायतका भर्चुअल माध्यमहरु नेपाल भित्र प्रयोग भै रहेको बताउँदै, तत्काल यसलाई बन्द गर्न प्राधिकरणले निर्देशन दिएको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ पुस २०७९, आइतबार  १२ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।