दिगो आर्थिक वृद्धिका लागि रेमिट्यान्समा निर्भर राजस्व तथा उपभोग घटाउनु पर्छ: गभर्नर

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिगो अर्धि वृद्धिका लागि विदेशी विनिमय सञ्चिति, राजस्व तथा उपभोगका लागि विप्रेषणमा निर्भर अर्थतन्त्रको संरचनात्मक सुधार आवश्यकता रहेको बताएका छन । उनले विश्व भू–राजनीतिमा देखिएको असन्तुलनलाई अवसरका रूपमा लिइ अर्थतन्त्रको संरभनागत सुधार गर्नुपर्ने बताएका हनु ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले भारतको नयाँ दिल्लीमा आयोजना गरेको साउथ एसिया पाथ टु रेजिलियन्ट ग्रोथ कार्यक्रमा बोल्दै गभर्नर अधिकारीले नेपाली अर्थतन्त्रको संरचनागत सुधार गरी दिगो आर्थिक विकास तर्फ जानु पर्ने आवश्यकता रहेको औल्याएको हो । कोभिड–१९ पछि नेपालमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य प्रगति भएको उल्लेख गर्दै यसबाट पारदर्शिता र सुशासन अभिवृद्धि तथा सम्पत्ति शुद्धीकरण निवारणमा टेवा पुगेको बताए ।

कोषको नयाँ दिल्लीस्थित तालिम केन्द्रलेसार्क मुलुकका केन्द्रीय बैंकको क्षमता विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । आगामी दिनमा क्षमता अभिवृद्धि र प्राविधिक सहयोगलाई थप प्रभावकारी बनाउन कोषलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाएका छन् ।

सम्मेलनमा भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासले सार्क मुलुकले झेल्नुपरेका वर्तमान आर्थिक चुनौतीका विषयमा धारणा राखेका थिए । उनले मूल्य वृद्धि नियन्त्रण, बाह्य ऋणको जोखिम व्यवस्थापन, उत्पादकत्व वृद्धि, इन्धन सुरक्षा तथा सार्क क्षेत्रमा हरित अर्थतन्त्र निर्माणका लागि समन्वय तथा नीतिगत प्राथमिकता गर्नु पर्ने जोड दिएका थिए ।

सम्मेलनमा कोषद्वारा प्रकाशित साउथ एसिया पाथ टु रेजिलियन्ट ग्रोथ नामक पुस्तक सार्वजनिक गरिएको थियो । सम्मेलनमा अन्तर्राष्ट्रिय मुद्रा कोषको उच्च अधिकारीसँगै सार्क राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरूको सहभागिता थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ पुस २०७९, आइतबार  १६ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।